स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह

झापा एक्सप्रेस , ११५५६  पटक हेरिएको

शरणामती –आसन्न स्थानीय तह निर्वाचनका लागी झापा गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका नौ जनाले आज शनीबार चुनाव चिन्ह पाएका छन् ।

अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद गणेशलाई भुइकटहर ,वडा नम्बर १ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार गणेश प्रसाद राजबंशीलाई गुलाबको फूल , वडा नम्बर २ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार मोहनकुमार कार्कीलाई भुइकटहर ,वडा नम्बर ३ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शुभाषलाल गणेशलाई भुइकटहर , वडा नम्बर ५ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अबेदुल मियाँलाई जेब्रा, वडा नम्बर ५ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजबंशीलाई भुइकटहर, वडा नम्बर ७ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार टिकाप्रसाद चुडाललाई खरायो, वडा नम्बर ७ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार टिकाप्रसाद प्रसाइलाई जेब्रा र सोहि वडाका वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार मनोहरी उप्रेतीलाई भुइकटहर प्रदान गरिएको निर्वाचन अधिकृत कार्यालय झापा गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०४-३० , समय : २०:०६:५३ , २ वर्ष अगाडि