जेठ १ देखि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

झापा एक्सप्रेस , ७४१७  पटक हेरिएको

काठमाण्डौ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिने निर्णय गरेको कार्कीले बताए ।

निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ । अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन् ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो ।

प्रकाशित मिति: २०२२-०४-२७ , समय : १८:३९:०६ , ३ वर्ष अगाडि

error: Content is protected !!