झापा गाउँपालिकामा जसपा र एस गठबन्धन

झापा एक्सप्रेस , १२६७४  पटक हेरिएको

शरणामती-बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बिच तालमेल हुने भएको छ।

दुई दल विच भएको तालमेलमा झापा गाउँपालिका अध्यक्ष पदमा जसपा नेपालबाट मोहित लाल कामती र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट ईश्वरप्रसाद दाहाललाई उठाउने निर्णय गरिएको जसपा नेता सन्तोषकुमार गणेशले बताए।

गणेशका अनुसार वडाध्यक्ष र सदस्यमा आपसी सहमतिमा उम्मेदवारी दिने सहमती भएको छ।जसअनुसार वडा नं ५ मा जसपा नेपाललाई र वडा नं ७ एसलाई उम्मेदवारी दिने समझदारी भएको छ।

सत्तारूढ पाँच दल बिच सहमती नजुटेपछी नेकपा(माओवादी केन्द्र) सहित ३ दल बिच पनि कुनै सहमति नजुटेपछी जसपा नेपाल र नेकपा एस बिच आज आइतबार लामो छलफलपछि सहमती जुटेको गणेशले बताए।

प्रकाशित मिति: २०२२-०४-२४ , समय : १८:०७:४० , २ वर्ष अगाडि