झापा एक्सप्रेस , १२८९५ पटक हेरिएको
शरणामती-झापा गाउँपालिका-६ स्थित शरणामतीमा वडा स्तरीय नागरिक आरोग्य समूहलाई स्वास्थ्य जीवनशैली योग एवं स्थानीय जडिबुटीको प्रयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शरणामती आयुर्वेद औषधालयको आयोजनामा भएको कार्यक्रममा कविराज राजेन्द्र पोखरेलले सहभागीलाई प्रशिक्षण दिएका थिए।उनले प्रशिक्षणका क्रममा मानिसले स्वास्थ्य जीवन जिउन सन्तुलित आहार,व्यायाममा जोड दिनु पर्ने बताए।उनले खानपान नमिलेर मानिसलाई बिभिन्न रोग लाग्ने गरेको भन्दै खानपान गर्दा जंक फुड भन्दा अर्गानिक खानामा ध्यान दिनु पर्ने बताए ।हाम्रै बारीमा बिभिन्न औषधीयुक्त खानाहरु पाइन्छ त्यसलाई खोजेर खान सके बिभिन्न रोगको औषधी त्यही छ पोखरेलले भने।
कार्यक्रममा गंगाराम भट्टराईले घर वरिपरी पाइने जडिबुटी युक्त बोट बिरुवाको बारे सहभागीलाई जानकारी दिएका थिए ।उनले कुरिलो,अमला,बोजो,निम लगायतका बोटबिरुवाबाट हुने फाइदाका बारेमा बताएका थिए ।
कार्यक्रममा नागरिक आरोग्य समिति समेत गठन गरिएको छ ।वडाध्यक्ष हरीबहादुर बानीयाँको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।
झापा गाउँपालिका-६ का वडाध्यक्ष हरीबहादुर बानीयाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु मोहन पोखरेल,कुमार ओली ,हेमा राई लगायतको सहभागिता रहेको थियो ।स्थानीय मोहन मिश्रले संचालन गरेको कार्यक्रममा बिभिन्न विद्यालयका प्रतिनिधि,आमा समूह,स्थानीय लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२२-०४-२१ , समय : २१:१९:५० , २ वर्ष अगाडि