झापा एक्सप्रेस , ६८० पटक हेरिएको
झापा–३ मा सामूहिक आलु खेती
झापा गाउँपालिका–३ फुलगाछीस्थित फुलगाछी आइ.पी.एम. कृषक समूहले सामूहिक रूपमा आलु खेती शुरु गरेको छ। समूहले करिब १२ कठ्ठा क्षेत्रफलमा आलु खेती गर्दै बिउ उत्पादनमार्फत स्थानीय बजारमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ।
समूहका सचिव ज्ञानेन्द्र पाठकका अनुसार भारतीय बजारमा निर्भरता घटाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले यस वर्ष सामूहिक खेती सुरु गरिएको हो। उहाले भन्नु भयो , “हाम्रो प्रयास यही हो—अब हामी आफ्नै गाउँमा उत्पादित बिउ र आलु प्रयोग गर्नेछौं।”
त्यसैगरी, समूहकी उपाध्यक्ष तारा देवी प्रसाई खरेलले स्थानीय सरकारले निरन्तर हौसला र सहयोग प्रदान गर्दै आएको बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाको प्रोत्साहनले किसानहरूमा नयाँ जोश आएको छ।
वडाध्यक्ष सुबासलाल गणेशले आलु खेतीको अवलोकन गर्दै समूहको प्रयास सराहना गर्नुभयो .उहाँले आगामी दिनमा आवश्यक सहयोग र प्राविधिक साथ दिने प्रतिबद्धता जनाउनु भयो ।
फुलगाछी क्षेत्र अहिले सामूहिक कृषिको उत्कृष्ट उदाहरणका रूपमा उदाउँदै गएको छ, जसले स्थानीय स्तरमा रोजगारी र आत्मनिर्भरता दुवैलाई सघाउने अपेक्षा गरिएको छ।फुलगाछीको सामूहिक पहलले गाउँमा उत्पादनमूलक सोच र सहकार्यको नयाँ संस्कार स्थापित गरेको छ।
प्रकाशित मिति: २०२५-११-१३ , समय : १८:३९:५३ , २ घन्टा अगाडि