झापा एक्सप्रेस , २०९९ पटक हेरिएको
तेस्रो अध्यक्ष कप-सानोमाई,लालीगुराँस र शरणामती विजयी
झापाको झापा गाउँपालिका-५ पुरानो शरणामतीमा बुधबार देखि शुरु भएको “तेस्रो अध्यक्ष कप” नकाउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सानोमाई युवा क्लब ,लालीगुराँस एफ सी र शरणामती एफ सी विजयी बनेका छन् ।
नवदुर्गा युवा क्लबको आयोजनामा रामजानकी आधारभुत विद्यालयको खेल मैदानमा बिहिबार भएको खेलमा फुलगाछी एफ सीलाई ट्राइबेकरमा ४-२ को गोलअन्तरले हराउँदै सानोमाई युवा क्लब विजयी बनेको हो।निर्धारित समयमा १/१ गोलको बराबरी भएपछी खेल ट्राइबेकरमा पुगेको थियो।
त्यस्तै दोस्रो खेलमा विलायतीबारीलाई १-० को गोल अन्तरले पराजित गर्दै लाली गुराँस एफसी विजयी बनेको छ।
त्यस्तै आजै भएको तेस्रो खेलमा गरामुनी एफ सीलाई ४/२ को गोल अन्तरले हराउँदै शरणामती एफसी विजयी बनेको छ।निर्धारित समयमा १/१ गोलको बराबरी भएपछी ट्राइबेकरमा पुगेको खेलमा शरणामतीले आफ्नो अग्रता कायम राखेको हो।
विजेता टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।खेल कार्तिक १५ गते सम्म चल्ने आयोजक समितिका अध्यक्ष संजितलाल यादवले बताउनु भयो।उहाँले क्रीकेटले मात्र होइन फुटबलले पनी देशलाई विश्व सामु चिनाउने उदेश्यले युवाहरुको खेलकुद बिकासका लागि प्रतियोगिती संचालन गरेको बताउनु भयो।
प्रकाशित मिति: २०२५-११-०३ , समय : १९:१४:०३ , ६ घन्टा अगाडि