झापा गाउँपालिकामा पुनः कोभिड-१९ विरुद्धको खोप अभियान संचालन

झापा एक्सप्रेस , ३३२६  पटक हेरिएको

झापा, असार २३ — देशभर पुनः देखिन थालेको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै झापा गाउँपालिकाले पनि खोप अभियान सञ्चालन गरेको छ। पालिकाले असार २२ गतेदेखि ३० गतेसम्म आधारभूत अस्पताल टाघनडुब्बा खोप केन्द्रमा खोप सेवा उपलब्ध गराउने जनाएको छ।

यस अभियान अन्तर्गत पहिले खोप नलगाएकाहरू,खोप लगाएको एक वर्ष पुगेकाहरु र १२ वर्ष माथिका सबै नागरिकहरूलाई खोप उपलब्ध गराइनेछ। खोप कार्यक्रम सफल बनाउन सम्पूर्ण पालिकावासीलाई खोप केन्द्रमा उपस्थित हुन अनुरोध गरिएको छ।

यससम्बन्धी सूचना झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्।

स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न खोप अभियानमा सक्रिय सहभागिता जनाउन पालिकाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति: २०२५-०७-०७ , समय : २०:४३:०१ , २ घन्टा अगाडि

error: Content is protected !!