Jhapa Express , १३४२६ पटक हेरिएको
शरणामती- झापा गाउंपालिका ३ स्थित रङपुरका किसानलाई ढुवानीको साधन तथा कृषि सामाग्री प्रदान गरिएको छ । प्रधानमन्त्री कषि आधुनिकिकरण परियोजना अन्तरगर्त केरा ब्लक विकास कार्यक्रम मार्फत रोङपुरमा रहेको साधना संस्कृति नमुना फर्मलाई कृषि ज्ञान केन्द्र झापाले ढुवानीको साधन सहितका कृषि सामाग्री प्रदान गरेको हो ।
झापाको झापा गाउंपालिका ३ स्थित रङपुरका किसानलाई ढुवानीको साधन तथा कृषि सामाग्री प्रदान गरिएको छ । प्रधानमन्त्री कषि आधुनिकिकरण परियोजना अन्तरगर्त केरा ब्लक विकास कार्यक्रम मार्फत रोङपुरमा रहेको साधना संस्कृति नमुना फर्मलाई कृषि ज्ञान केन्द्र झापाले ढुवानीको साधन सहितका कृषि सामाग्री प्रदान गरेको हो ।
शनिबार ज्ञानकेन्द्रले व्यवसायीक रुपमा केरा खेती गर्दै आएका उक्त नमुना फर्मलाई पिकअप , औषधि छिट्ने १६ लिटरको स्प्रेटयाङ्की ५ थान , सिंचाईको लागि आवश्यक ७५ एमएमको पाइप ४० थान, सिंचाई मोटर ५ थान, मल बनाउन ४ वटा मिमेन्टका संरचना , केराका बेर्ना ६ हजार ५ सय गोटा सहित बिउ बिजन तथा बिषादी र प्राङ्गारीक मल प्रदान गरेको हो ।
प्रदेश नम्बर १ का कृषि मन्त्री झलकसिंह दर्लामी तथा ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले उक्त सामाग्री समुहको अध्यक्ष लक्ष्मी तिम्सीनालाई प्रदान गरेका थिए ।
ढुवानीको गाडिमा ज्ञानकेन्द्रको ८५ प्रतिशत र अन्य सामाग्रीमा ५० प्रतिशत अनुदानमा उक्त सामाग्री प्रदान गरिएको बताइएको छ । ज्ञान केन्द्रले उक्त नमुना फर्मकालागि २५ लाख अनुदान उपलब्ध गराएको हो । समुहको छ लाख ३४ हजार ३ सय ७५ र ज्ञानकेन्द्रको २५ लाख गरि जम्मा ३१ लख ३४ हजार ३ सय ७५ रुपैंयाको कार्यक्रम रहेको समुहका सदस्य तथा नमुना कृषक चन्द्र बस्नेतले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि कृषि मन्त्री दर्लामी तथा ज्ञानकेन्द्रका प्रमुख सिंह, झापा गाउंपालिकाका अध्यक्ष जयनारायण शाहले शुभकामना मनतब्य राखेको कार्यक्रममा स्वागत समुहका सदस्य चन्द्र बस्नेतले गरेका थिए । उक्त फर्मले सो क्षेत्रमा १ सय बढी हेक्टरमा केरा खेती गर्दै आएको छ ।
ढुवानीको साधन नहुंदा उत्पादित केरा समयमा नै बजार पु¥याउन नसक्दा कुहिने गरेको थियो । अब प्राप्त साधनले सहज हुने किसानको भनाई छ । साथै उक्त कार्यक्रम अन्तरर्गतको हिसाब पनि सार्वजनिक गरिएको बताए ।
प्रकाशित मिति: २०२२-०२-२७ , समय : ०९:३८:४४ , ३ वर्ष अगाडि