झापा बालुवाटारको जागेश्वर मन्दिरमा सीता नवमीमा कन्या पूजन सम्पन्न

झापा एक्सप्रेस , १७०७५  पटक हेरिएको

झापा, बैशाख २४ – विश्व हिन्दु परिषद, झापा गाउँपालिका कार्य समितिको आयोजनामा झापा गाउँपालिका–२, बालुवाटारस्थित श्री जागेश्वर शिव पञ्चायन मन्दिरमा सीता नवमीको अवसरमा भव्य कन्या पूजन समारोह सम्पन्न भएको छ।

कार्यक्रममा डेमरा हेमरम अध्यक्ष रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा भूतपूर्व माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा योग गुरु पुष्प बहादुर खड्का सहभागी हुनु भयो। कार्यक्रमको सञ्चालन भीम घोरसानेले गर्नु भएको थियो।

पावन पर्वको अवसरमा कन्याहरूलाई पूजा गरी सम्मानस्वरूप कपी र चकलेट वितरण गरिएको थियो। समारोहमा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रममा धार्मिक र सांस्कृतिक महत्वबारे वक्ताहरूले सम्बोधन गरेका थिए।

स्थानीय बासिन्दा र आयोजकहरूले यस्ता कार्यक्रमले संस्कार, नारी सम्मान र धर्मप्रति आस्था बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२५-०५-०७ , समय : ०९:२६:४६ , २ दिन अगाडि

error: Content is protected !!