नेपाल निजामती कर्मचारी संगठन झापा गाउँपालिका कार्यसमितिको दोस्रो अधिवेशन सम्पन्न

झापा एक्सप्रेस , ४९८५६  पटक हेरिएको

झापा,
नेपाल निजामती कर्मचारी संगठन झापा गाउँपालिका कार्यसमितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन गाउँपालिका कार्यसमिति अध्यक्ष गौरव संग्रौलाको अध्यक्षता तथा नेकपा (एमाले) झापा जिल्ला कमिटी सदस्य क. हिम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा पेशागत महासंघ नेपाल झापा जिल्ला समिति अध्यक्ष तुलसी भण्डारी, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अध्यक्ष हिरण्य न्यौपाने, केन्द्रीय सदस्यद्वय छवि ढकाल र वशिष्ठ अधिकारी, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका विभागीय अध्यक्ष झलनाथ नेपाल विशेष अतिथिका रूपमा उपस्थित थिए। साथै, जिल्ला कार्यसमिति सचिव पूर्णचन्द्र मैनाली, सह-सचिव चिरञ्जिवी खवास लगायतको उपस्थिति रहेको थियो।

अधिवेशनले गंगाराम शर्मा भट्टराईको अध्यक्षतामा ११ सदस्यीय झापा गाउँपालिका कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमिति निम्नानुसार रहेको छः

झापा गाउँपालिका कार्यसमिति:
१. अध्यक्ष: गंगाराम शर्मा भट्टराई
२. उपाध्यक्ष: रामजी अधिकारी
३. सचिव: मनिष गुरागाईँ
४. सह-सचिव: एकनाथ गणेश
५. कोषाध्यक्ष: चन्द्रकला पराजुली
६. सदस्य: रण बहादुर राई
७. सदस्य: विध्या खड्का
८. सदस्य: शैलेन्द्र उप्रेती
९. सदस्य: सुरज खतिवडा
१०. सदस्य: टिकाराम गुरागाईँ
११. मनोनित सदस्य

नव-निर्वाचित कार्यसमितिले निजामती कर्मचारीहरूको हकहितका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, संगठनको क्रियाकलापलाई अझ सशक्त बनाउँदै कर्मचारी हितलाई प्राथमिकतामा राखेर काम गर्ने योजना अघि बढाउने बताइएको छ।

प्रकाशित मिति: २०२५-०३-०७ , समय : १९:४४:५० , २ हप्ता अगाडि

error: Content is protected !!