झापा एक्सप्रेस , ३४४७८ पटक हेरिएको

शरणामती -झापा गाउँपालिकाको वालुवाटारमा भएको शिव महापुराणको आय व्यय सार्वजनिक गरिएको छ । झापा -२ स्थित बालुवाटारमा फागुन ६ गतेदेखी १४ गते सम्म संचालन भएको पुराणको आयव्यय सार्वजनिक गरिएको हो ।
आयतर्फ २७ लाख ९३ हजार ८ सय ५८ रुपैयाँ रहेको छ भने व्ययतर्फ ७ लाख ६१ हजार ५२ रुपैयाँ खर्च भएको पुराण समितिका सचिव भीम घोर्षानेले जानकारी दिनुभयो । आयतर्फ नगद उठेको ८ लाख १२ हजार ५२ रुपैयाँ ,नगद उठ्न वाँकी ३ लाख ९४ हजार ९ सय ११ रुपैयाँ ,निर्माण सामाग्री दान २ लाख ३६ हजार ८९५,जग्गादान ४ कठ्ठा १३ लाख ५० हजार गरेर जम्मा आम्दानी २७ लाख ९३ हजार ८ सय ५८ रुपैयाँ भएको घोर्षानेले बताउनु भयो । त्यस्तै व्ययतर्फ टेण्ड खर्च १ लाख ८० हजार,वेदी पूजन ३ लाख ५० हजार १५,प्रचारप्रसार १ लाख १५ हजार ५३७, प्रसाद वितरण ७६ हजार ,भाैतिक पूर्वधार निर्माण ३९ हजार ५०० गरेर जम्मा खर्च ७ लाख ६१ हजार ५२ रुपैयाँ भएको छ ।
मन्दिर निर्माण सहयोगका लागी यस पुराणको आयोजना गरिएको थियो । सहयोग गर्नुहुने सम्पूर्ण जग्गादाता र सहयोगीदाताहरुलाई चैत २ गते १ वजे शनिबारका दिन जागेश्वर महादेव मन्दिर समिति गठन हुने भएकोले मन्दिर परिसरमा उपस्थिति हुनका लागि समेत घोर्षानेले आग्रह गर्नुभयो ।
प्रकाशित मिति: २०२५-०३-०५ , समय : १९:४७:१६ , २ हप्ता अगाडि