त्रीएक प्रशंसा इसाई समाजको दोस्रो अधिवेशन,अध्यक्षमा किस्कु

झापा एक्सप्रेस , १९९२६  पटक हेरिएको

शरणामती।झापा गाउँपालिकामा रहेको त्रीएक प्रशंसा इसाई समाजको छैटौं वार्षीक सम्मेलन तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।बिहिबार झापा-३ मा रहेको रिबाईवल चर्च गैरीगाउँमा सम्मेलन तथा अधिवेशन सम्पन्न भएको हो।

समाजका अध्यक्ष पास्टर जगरनाथ पौडेलको अध्यक्षता र झापा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मोतीलाल गणेशको प्रमुख आतिथ्यततामा सम्पन्न सम्मेलनमा राष्ट्रिय इसाई महासंघ प्रदेश १ का प्रमुख एनोस गजमेरको विशिष्ट आतिथ्यता रहेको थियो।रुद्र बजगाईं,जेवुल हक,प्रताप विश्वकर्मा,खगेन्द्र विश्वकर्मा लगायतको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरुले इशाई धर्मको प्रशंसा गरेका थिए।

कार्यक्रममा अध्यक्ष पौडेलले कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै झापा गाउँपालिकामा वर्तमान अवस्थामा १७ वटा इशाई समाजका मण्डलीहरु रहेको बताए।उनले साविकका तीन वटा गाविसलाई आधार मानेर त्रीएक नाम राखी यस समाजको २०७२ सालमा स्थापना गरिएको बताए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै रुद्र बजगाईंले इशाई धर्म नभएर जिवनशैली भएको भन्दै इशाई जिवनशैलीको प्रशंसा गरे।उनले अरुले पनि इशाई जिवनशैलीको शैली अपनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा प्रमुख अतिथी गणेशले इशाई धर्मको प्रशंसा गरे।उनले सबै धर्म र समाज समान भएको भन्दै सबैलाई सम्मान पुर्वक बाच्न पाउने हक रहेको बताए।

कार्यक्रमको बन्दसत्रमा समाजले पहिलेको समिति विघटन गरि नयाँ कार्य समिति चयन गरेको छ।सुन्दर किस्कुको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

उपाध्यक्ष सुरज ताजपुरिया,सचिव सीता पोखरेल र कोषाध्यक्ष होप्ना किस्कुलाई चयन गरिएको छ।९ सदस्यीय समितिमा एक महिला भने समितिको पहिलो बैठकले चयन गर्ने बताइएको छ।

प्रकाशित मिति: २०२२-०४-१५ , समय : ०९:५०:३४ , ३ वर्ष अगाडि