सुमित भण्डारी , ८२२२ पटक हेरिएको
दमक । सरकारले स्थानीय तहको निर्वाचनको मिति आगामी बैशाख ३० गतेका लागि घोषणा गरिसकेको छ । निर्वाचन घोषणा भएसँगै दलहरु स्थानीय तहमा केन्द्रीत भएर कार्यक्रम गर्न थालेका छन् । नेकपा माओवादी केन्द्र दमकले समेत टोल कमिटी गठन लगायत स्थानीय स्तरका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ ।
यसरी दलहरु स्थानीय तहमा केन्द्रीत भइरहँदा विभिन्न स्थानीय तहका जनतालाई आगामी उम्मेदवारहरुको विषयमा चासो हुन थालेको छ ।
यसैबिच झापाको दमकमा पनि दलहरुले चुनाव केन्द्रीत कार्यक्रम गरिरहेका छन् भने आगामी निर्वाचनका उम्मेदवारको विषयमा पनि चर्चा हुन थालेको छ । पछिल्लो समय दमक नगरपालिकाको नगर प्रमुखमा माओबादी केन्द्रका नेता दुर्गा चौलागाई (श्रीकान्त)ले आफ्नो दाबी रहेको बताएका छन ।चौलागाई नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य समेत हुन ।गठबन्धन हुन्छ हुदैन त्यो एउटा कुरा हो तर पार्टीभित्र म नगर प्रमुखमा मेरो दाबी हो चौलागाईले भने। पार्टीमा अरु कस्ले के दाबी गरेभन्दा पनि मेरो नगर प्रमुखमा शशक्त दाबी हो उनले थपे।
श्रोतका अनुसार पार्टीले समेत दमकमा नगर प्रमुखको उम्मेदवारको पहिलो प्राथमिकतामा उनलाई नै राखेको नेता कार्यकर्ताहरु बताउँछन् ।
प्रकाशित मिति: २०२२-०४-१३ , समय : २०:५७:५२ , ३ वर्ष अगाडि