प्याब्सन झापाले गर्यो गोरखापत्रकर्मी झापाली सहित ४ जनालाई सम्मान

झापा एक्सप्रेस , २९९००  पटक हेरिएको

सिएम शर्मा / निजि तथा आवासिय बिद्यालय अर्गनाइजेसन (प्यब्सन) झापाले गोरखापत्रकर्मी लिलाराज खड्का झापाली सहित ४ जनालाई सम्मान गरेको छ ।

जिल्ला प्याब्सन झापाको आयोजना तथा कनकाई नगर प्याब्सनको आतिथ्यमा कनकाई ३ स्थित दिव्यरत्न अङ्ग्रेजी माविको प्राङ्गणमा शनिबार शुरु भएको दुई दिवसीय जिल्ला स्तरीय नृत्य तथा गायन प्रतियोगिताको अवसरमा झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेर अढाई दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल नेपाल पत्रकार महासंघका प्रदेस सदस्य, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य , हाल गोरखापत्र दैनिकका बिर्तामोड संवाददाता साथै आफैले कनकाई साप्ताहिक पत्रिका र कनकाई अनलाईन समेत सन्चालन गरिरहेका , यस अघि पुर्वाञ्चल दैनिकमा सह सम्पादक , रासस संवाददाता , हिमशिखर टिभी , सुर्योदय टिभी , मेचिट्युन र पाथीभरा एफ एममा समेत काम गरिसकेका लिलाराज खड्का झापालीले पत्रकारीताको क्षेत्रबाट शैक्षिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै प्याब्सन झापाको बार्षिक कार्यक्रमको अवसरमा सम्मान गरेको हो ।

त्यसैगरी कार्यक्रममा प्याब्सन झापा स्थापनाको लागी महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएका ,प्याब्सनको बिभिन्न जिम्मेवारी सम्हाल्दै हाल प्याब्सन प्रदेशका सल्लाहकार समेत रहनुभएका शैक्षिक व्यक्तित्व मिलन कुमार ढुङ्गाना , शैक्षिक ब्यक्तित्व बाह्रदशी प्याब्सन अध्यक्ष देवेन्द्र चौलागाईं र एसइईमा उत्कृष्ट अंक ४ जिपीए ल्याउने सिदार्थ बोर्डिङ दमककी छात्रा कुसिका बस्नेतलाई समेत सम्मान गरिएको थियोे ।
सम्मानित उपस्थित सबैलाई कार्यक्रमका प्रमुख अतिथी संघिय संसद एलपी साँवा लिम्बू , कार्यक्रमका अध्यक्ष गौरिमान फागो लगायतले सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नु भएको थियोे ।

कार्यक्रममा यस अघि जिल्लाका हरेक पालिकामा गरिएको प्रतियोगितात्मक गायन तथा नृत्य प्रतियोगिताबाट प्रथम हुने विद्यालयको सहभागीतामा जिल्ला स्तरिय गायन तथा नृत्य प्रतियोगिता गरिएको थियो ।

गायन तर्फ कक्षा ११/१२ साथै १२ बर्ष मुनिका र कक्षा १० सम्मका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यस्तै नृत्य तर्फ कक्षा ५ सम्मका बिद्यार्थीले आधुनिक गितमा नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रिय गित र लोक सांस्कृतिक गितमा समेत नृत्य प्रस्तुत गरिएको थियोे ।

प्रतियोगितामा गायन तर्फ कक्षा ११/१२ बाट चन्द्र ज्योति अंग्रेजी बिद्यालय झापा प्रथम , कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ती द्वितीय र बिर्ताज्योती अंग्रेजी बिद्यालय बिर्तामोड साथै ग्लोवल एजुकेसन दमक तृतिय भए भने १२ बर्ष मुनिकाबाट कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ती प्रथम , तारापुञ्ज अंग्रेजी बिद्यालय मेचिनगर द्वितीय र बुद्ध स्मृति अंग्रेजी बिद्यालय बिर्तामोड तृतीय भए त्यसै गरी कक्षा १० सम्मको गायनमा फोनिक्स अंग्रेजी बिद्यालय कमल प्रथम , जयपुर अंग्रेजी बिद्यालय बुद्धशान्ती द्वितीय र प्यारागन एकेडेमी कनकाई तृतीय भए ।
नृत्य तर्फ आधुनिकमा प्यारागन एकेडेमी कनकाई प्रथम , कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ती द्वितीय र प्रगति अंग्रेजी विद्यालय तृतीय भए भने राष्ट्रियमा पारिजात अंग्रेजी बिद्यालय मेचिनगर प्रथम , प्रगति अंग्रेजी बिद्यालय अर्जुनधारा द्वितीय र नेहारीका अंग्रेजी बिद्यालय कमल तृतीय भए त्यसैगरी लोक सांस्कृतिकमा प्यारागन एकेडेमी कनकाई प्रथम , कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ती द्वितीय र चिल्ड्रेन ईरन बिर्तामोड तृतीय भएको कार्यक्रम आयोजक उपसमिति सदस्य नारायण सुवेदीले जानकारी गराउनु भयो ।

प्रतियोगिताको निर्यायक मण्डलमा गायन तर्फ गायिका अन्जु गौतम र गायक तथा सङ्गीतकार विशाल राई रहनु भएको थियो । त्यस्तै नृत्य तर्फ आधुनिकमा कोरियोग्राफर द्वय राज न्यौपाने र विकि घिमिरे निर्णायक रहनु भएको थियोे भने राष्ट्रिय र लोक सांस्कृतिक तर्फ वरिष्ठ नृत्य निर्देशक प्रेम सुनाम र नृत्य निर्देशक मनोज राजवंशी निर्णायक रहनु भएको थियोे ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएका विद्यालयले ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको हरेक बिधामा प्रथम हुने विद्यार्थीहरुले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने प्याब्सन जिल्ला अध्यक्ष गौरीमान फागोफे जानकारी दिनुभएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि सांसद साँवाले शिक्षा विधेयकमा भएको निजि तथा आवासिय बिद्यालयलाई ५ बर्ष भित्र गुठिमा लाने बिषयबारे बोल्दै समितिमा हुने छलफलमा आफुले यसको विरोध गर्ने र सकेसम्म गुठिमा लाने बिषयलाई हटाउने वताउनु भयो । उहाले नीजी बिद्यालयले उत्पादन गरेका बिद्यार्थीहरु विस्वमा प्रतिस्पर्धा गर्न सक्ने भईसकेकाले यस्ता बिद्यालयलाई हत‍ोत्साहीत गर्नु भन्दा सामुदायिक बिद्यालयलाई विकास गरेर निजि बिद्यालय जस्तै बनाउने कुरामा आफुले जोड दिदै आएको पनि जानकारी गराउनु भयो ।

कार्यक्रमको अौचित्यमाथी प्रकाश पार्दै प्याब्सन झापाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष गौरिमान फागोले पढाइ भन्दा पृथक क्षमता भएका बालबालिकालाई अवसर प्रदान गर्दै पढेर जागिर खानुपर्ने भन्ने भ्रमलाई अन्तय गर्दै बालबालिकालाई अतिरिक्त कृयाकलापबाट पनि उच्च जिवन जिउन सक्ने बनाउने उदेश्यले प्याब्सनले यस किसिमको कार्यक्रम गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा कनकाई नगर उपप्रमुख अाशा शर्मा शिवाकोटी , प्याब्सनमा अावद्ध केन्द्रीय , प्रदेश , जिल्ला , साथै जिल्लाका सबै पालिकाका शैक्षिक ब्यक्तित्व , बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , जनप्रतिनिधि , सुरक्षा कर्मी लगायतको अातिथ्यता रहेको थियोे ।

अायोजक उपसमिति संयोजक तथा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्र बहादुर कार्कीले उपस्थित सबैलाई स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्याब्सन जिल्ला सचिव हरिकृष्ण पाठक गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२४-१२-२३ , समय : ०७:०१:०६ , ४ हप्ता अगाडि

error: Content is protected !!