गेर बाबा एफसी १९ औं जोरमाई कपको फाइनलमा प्रवेश

झापा एक्सप्रेस , ५९४८६  पटक हेरिएको

शरणामती – गेरबाबा फुटबल क्लब अर्जुनधारा ५ , १९ औं जोरमाई कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमीफाइनल खेलमा राजगढ़ फुटबल क्लब बाह्रदशीलाई २-० गोलको अन्तरले हराउँदै गेरबाबाले फाइनलको यात्रा तय गरेको हो ।

झापा-२ सडकबारीमा रहेको क्लबको खेल मैदानमा भएको सेमीफाइनल खेलमा पहिलो हाफको १७ मिनेट ५३ सेकेन्डमा गेरबाबाका जर्सी नम्बर ८ का पारस कार्कीले पहिलो गोल गरी खाता खोलेका थिए । त्यसैगरी गेरबाबा एफसीका अर्का खेलाडी जर्सी नं. १५ का विशाल दर्जीले पहिलो हाफको ३० औं मिनेटमा अर्को गोल गरी आफ्नो टीमलाई शानदार जित दिलाएका हुन् । आजको खेलको म्यान अफ द म्याच गेरबाबा एफसी अर्जुनधाराका पारस कार्की घोषित भए ।

यो संगै गेर बाबाले फाइनल खेलमा आयोजक टिमसंगको भेट पक्का गरेको छ .पर्सी बिहिबार दिउँसो १२ बजे आयोजक जोरमाइ युवा क्लब र गेरबाबा बिच फाइनल खेल हुने आयोजक समितिका सचिव नवराज बस्नेतले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।उत्कृष्ट खेलाडीले नगद ५ हजार ,सर्वाधिक गोलकर्ता ,उत्कृस्ट गोलरक्षक ,उत्कृस्ट डीफेन्डरले जनही ३ हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष हेमकुमार राजबंशीले बताउनु भयो ।

प्रकाशित मिति: २०२४-११-०५ , समय : २०:२३:५२ , ७ महिना अगाडि

error: Content is protected !!