झापा एक्सप्रेस , ७५९७२ पटक हेरिएको
शरणामती – घरेलु टोली जोरमाई युवा क्लब , १९ औं जोरमाई कप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा गतिशील युवा क्लव वैगुनधुरालाई टाईवेकर मा ५-४ गोलको अन्तरले हराउँदै जोरमाईले फाइनलको यात्रा तय गरेको हो ।
झापा-२ सडकबारीमा रहेको क्लबको आफ्नै खेल मैदानमा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टीमका तर्फबाट कुनै पनि गोल हुन नसकेपछि निर्णयका लागि टाइब्रेकर खेलाइएको थियो । आजको खेलको म्यान अफ द म्याच आयोजकका मनोज राई घोषित भए ।
भोली मंगलबार दिउँसो १२ बजे सेमिफाइनलको दोस्रो खेल गेर बाबा एफसी अर्जुनधारा -५ र राजगढ़ फुटबल क्लब बिच हुने आयोजक समितिका सचिव नवराज बस्नेतले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।उत्कृष्ट खेलाडीले नगद ५ हजार ,सर्वाधिक गोलकर्ता ,उत्कृस्ट गोलरक्षक ,उत्कृस्ट डीफेन्डरले जनही ३ हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष हेमकुमार राजबंशीले बताउनु भयो ।
प्रकाशित मिति: २०२४-११-०४ , समय : २१:२४:५२ , १ महिना अगाडि