झापा एक्सप्रेस , ११८९६ पटक हेरिएको
झापा- झापाको झापा गाउँपालिकामा ज्ञाननाथ उप्रेतीको अध्यक्षातामा वुधवार १७ सदस्यीय विश्व हिन्दु परिषद नेपालको झापा गाउँपालिका स्तरिय समिति गठन गरिएको छ।
अध्यक्षमा उप्रेती सहित उपाध्यक्षमा भुपेन्द्र कटुवाल , कोषाध्यक्षमा मनोज कुमार राजवंशी , सचिव सूर्यबहादुर भट्टराई , यूवा प्रमुख धुर्व कुमार यादव , सम्पर्क प्रमुख भीम घोर्साने , सेवा प्रमुख रुकमनी सोरेन , न्याय क्षेत्र प्रमुख गोपाल राउत, मन्दिर प्रमुख विष्णु प्रसाद गणेश , गाैंरक्षा प्रमुख डेमा हेमरम, सतसंग प्रमुख यसोदा पोख्रेल , मातृशक्ति प्रमुख याम कुमारी पाैडेल, सदस्य राज कुमार महतो, लक्ष्मी पनेरू ,कृत विष्ठ , चन्द्रकला अधिकारी र केशरसिंह चम्लागाई चयन भएका छन् ।
विश्व हिन्दु परिषद नेपालका केन्द्रीय सचिव प्रलाद रेग्मीको प्रमुख आतिथ्यतामा विश्व हिन्दु परिषद नेपालको झापा गाउँपालिका स्तरिय समिति गठन गरिएको हो।
प्रकाशित मिति: २०२४-१०-२४ , समय : ०७:२०:०५ , २ हप्ता अगाडि