समृद्धिको बाटो हुँदै उजाडिएको बस्ती पुगेँ

झापा एक्सप्रेस , १४८७६  पटक हेरिएको

सालमारा।झापाको झापा गाउँपालिका-६ स्थित शरणामतीबाट कच्ची बाटो हुँदै झापा बजार सम्म अनेकौ खाल्डाखुल्डी पार गर्दै आएको म झापा बजार देखि दक्षिण पश्चिम हुँदै समृद्धिको बाटो तर्फ लागे।निर्माणाधीन हुलाकी राजमार्ग छोडेर छड्केको म झापा-१ को सितुमारी स्थीत शसस्त्र प्रहरी बल टाघनडुब्बा हुँदै भर्खर बनिएको एक नम्बर वडा कार्यालयको भवन पनि छिचोलेँ।

करिव दुई करोड लागतमा बनिएको कालोपत्रेको समृद्द बाटोमा दायाँबायाँ नियाल्दै हिडेको म सेतुमारीबाट पश्चिम लागेपछि बर्सेनि कटान हुने सानो कनकाई माईको कटान क्षेत्र पुगे।मकै हरभरा लगाइएको रहेछ।तर यतीखेर मकै असिनाले चुटेर क्षतविक्षत बनाएको थियो।अक्सर यहाँ बर्खायाममा सबै क्षेत्र डुबानमा पर्ने गर्छ।सानो माई खोलामा अग्लो फलामे पुल रहेछ।पछी बर्खामा यो पुलको दुबै तिरबाट पानी बग्छ।अहिले हिउँदमा तलबाटनै बाटो बनाइएको रहेछ।पुलमा एक किशोर टिकटक बनाउदै थिए।

समृद्धकै बाटोबाट मोटरसाइकलमा केस राशी फिजाउँदै हावा खादै हुइकिएको म भारतिय सिमा नजिकै एक उजाडिएको बस्ती पुगेँ।स-साना टिनलाई भाटाले च्यापेका घर त्यो पनि कहिले बाढीको वितण्डामा पर्छन त कहिले हावाहुरी,असिनापानीको।म गएको दिन हावाहुरीको वितण्डामा परेका थिए।सालमाराको सिंगो गाउँनै हावाहुरीका कारण क्षतविक्षत बनेको थियो।यहाँका घरका सबै छाना हावाहुरीले उडाएको थियो।

झापा-१ सालमाराका जुवेर मियाँ आफ्ना पाखुरा ठुला भए देखि मजदुरी गरेर परिवारको पेट पाल्छन।१ छोरा र २ छोरीकी बुबा उनले अहिले सम्म हावाले नउड्ने घर बनाउन सकेका छैनन् ।मियाँ सँग बिहे गरेर आएकी हस्मेरा खातुनको १२ वर्ष संघर्षमै बित्यो।गोबरका दाउरा र पातपतिङगर जोडेर भात पकाएर जहानलाई खुवाउनु उनको विगत देखीको दिनचर्या हो।उनको दिनचर्या अहिले सम्म बदलेको छैन।परिवारका सबै जनमनमै जिविकोपार्जन गर्दछन।कालोपत्रे बाटोमा बसेका उनिहरुलाई आफ्नै नउस्केको जिवनस्तरले गिज्याइरहे जस्तै प्रतीत हुन्थ्यो।

जहिले अर्काकोमा काम गर्न रोजगार पाउनु हुन्छ त भन्ने झापा एक्सप्रेसको प्रश्नमा जुबेरले मन्द मुस्कानका साथ भने के गर्नु काम पाएको बेला गर्ने हो नभए त के गर्ने।अनि प्रधानमन्त्री रोजगार कार्यक्रममा सयदिन रोजगार पाइन्छ नी? त्यो भनेको के हो हामीलाई त थाहा नै छैन जुबेरले अवोध जवाफ दिए।उनको विरक्तिएको मनले सरकार छ भन्ने आवासनै नदिलाएको प्रतीत हुन्थ्यो।

यता उक्त गाउँका अलिक बुज्रुक जस्ता देखिने मंगल मियाँले उक्त मुस्लिम समुदाय बस्ने गाउँमा करिव २५० घर परिवार रहेको बताए।सबैको दिनचर्या यहीनै छ।यी मध्येका करिव १० घरपरिवार भने आफ्नो खेती गरेर परिवार पाल्छन।बाँकीको कथा जुवेरकै छ।

कहिले कोरोना प्रकोप,कहिले बाढीको प्रकोपले हेपिएको यो बस्तीमा आइतबार दिउँसो एक बजे हावाहुरीले वितण्डा मच्चायो।सबै घरका टिनका छाना उडायो।कसैको आशिंक उडायो त कसैको पुर्णरुपमा क्षती पुर्यायो।समृद्दीको बाटो हुँदै सोमबार बिहान पुगेका नेताहरुले क्षती हुनेको नाम टिपे।आश्वासनको लड्डु दिएर फर्केको स्थानीय बताउछन।रोजामा बसेका मुस्लिमहरुलाई घरको छानो उडेको,दाउरा भिजेर नबलेर भात खान सम्म नपाएको हाल बुझ्न आइतबारै नपुगेका नेतागण सोमबार लावालस्कर साथ पुगेर नाप टिपेर,फोटो खिचेर आश्वासन दिदै फर्केको स्थानीय बताउछन।

त्यसो त कालोपत्रे बाटोनै भए पनि नेताहरु चुनावपछी कोहिकोही बेला बाहेक अन्य समय हाल बुझ्न नआएको मंगल मियाँ बताउछन।अहिले चाही चुनाव आएछ होला त्यही भएर आउनुभएको हो की?उनले भने।

प्रकाशित मिति: २०२२-०४-११ , समय : २१:०९:४१ , ३ वर्ष अगाडि