एसइइमा झापा गाउँपालिकाका दुई विद्यालयको नतिजा शुन्य

झापा एक्सप्रेस , ५११७२६  पटक हेरिएको

झापा एक्सप्रेस,असार १३।एसइइ परिक्षामा झापाको झापा गाउँपालिकाकाका दुई सामुदायीक विद्यालयहरुको नतिजा शून्य आएको छ।झापा गाउँपालिकाले सामाजिक सञ्जालमा प्रकाशित गरेको नतिजा विवरणमा महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो।

जनकल्याण माविका ४० जना विद्यार्थीहरुमा पास संख्या शून्य रहेको छ।त्यस्तै महेन्द्र माविका ३४ जना विद्यार्थीहरुमा पास संख्या शून्य रहेको छ।

झापा गाउँपालिकामा सामुदायिक र संस्थागत गरि १२ विद्यालयका विधार्थीहरुले एसइइ परीक्षा दिएका थिए।सामुदायीक विद्यालयका विद्यार्थीहरुको नतिजा कमजोर रहेको पाइएको छ।

झापा गाउँपालिकाम कुल ५०२ जना विद्यार्थीहरु परीक्षा दिएकोमा ८९ जना पास भएका छन् ।

सामुदायिक विद्यालय तर्फ डिल्लीराज माविका १२२ जना विद्यार्थीमा २ जना पास भएका छन् ।त्यस्तै जनतामा १०५ जनामा ३ जना,कुवाडीदेवीमा ५६ जनामा १ जना पास भएका छन् ।

त्यस्तै संस्थागत विद्यालय तर्फ चन्द्रज्योतीमा ३३ जनामा ३० जना पास,जय पाथीभरामा ३६ जनामा ३० जना पास,साउथ होराइजनमा १६ जनामा ९ जना पास,गौतमबुद्दमा ६ जनामा सबै पास,टाइनीटसमा १५ जनामा ४ जना पास,वन्डरलाइफमा ८ जनामा ४ जना पास र सेन्ट जेभियर्समा ३१ जनामा १५ जना पास भएका छन् ।

गाउँपालिकाले एसइइको नतिजा विवरण सार्वजनिक गर्दै नोटमा विद्यालयबाट प्राप्त सुचनाका अधारमा नतिजा सार्वजनिक गरिएको भनेर उल्लेख गरेको छ।

प्रकाशित मिति: २०२४-०६-२७ , समय : २१:४४:०८ , ६ महिना अगाडि