झापा गाउँपालिकाले किसानहरुलाई वितरण गर्यो सिचाई मोटर र स्प्रे ट्याङ्की

झापा एक्सप्रेस , ५६९७९  पटक हेरिएको

झापाको झापा गाउँपालिकाले कृषकहरुलाई स्प्रे ट्याङ्की र सिचाई मोटर बितरण गरेको छ । गाउँपालिका र किसानको ५०/५० साझेदारीमा किसानहरुलाई २५० थान स्प्रे ट्याङ्की र १६६ थान सिचाई मोटर वितरण गरेको हो ।

सुक्रबार एक कार्यक्रमका बीच कृषि सामाग्री हस्तान्तरण गर्दै कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाले पालिका भित्रका किसानलाई आत्म निर्भर बनाउन आवश्यकता पर्ने सवै किसिमको सहयोग गर्न पालिका लागि परेको बताउँदै आगामि आर्थिक बर्षको बजेटमा किसानका लागि महत्वपुर्ण योजनाहरु लिएर आउन लागेको समेत बताउनु भयो ।

कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष सखिचन्द्र ठाकुर र वडा नं. १ का वडा अध्यक्ष राजन कुमार यादवले समेत किसानहरुको हितमा गाउँपालिका जनप्रतिनिधिहरु एक भएर अगाडी बढेको जिकर गर्दै आगामी बजेट किसानका लागि निकै राम्रो हुने बताउनु भयो ।

झापा गाउँपालिकाले वितरण गरेको २,३ हर्जपावरको सिचाई मोटरलाई किसानले ८ हजार र गाउँपालिकाले ८ हजार बेहोरेको छ भने स्प्रे ट्याङ्कीको हकमा किसानलाई १५२५ र गाउँपालिकाले १५२५ बेहोरेको कृषि तथा पशु सेवा शाखा प्रमुख जगत नारायण मण्डलले जानकारी दिनुभयो ।

गाउँपालिकाबाट ५०% अनुदानमा कृषी सामग्री पाएर उत्साहित भएको कृषकहरुले बताएका छन् .

प्रकाशित मिति: २०२४-०६-१५ , समय : ०९:००:४४ , ६ महिना अगाडि