१३ लाख १६ हजार नक्कली नेपाली नोटसहित चार जना पक्राउ

झापा एक्सप्रेस , ४१७१०  पटक हेरिएको

१३ लाख १६ हजार नक्कली नेपाली नोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका ६ बस्ने २५ वर्षीय राजन चौधरी, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका १ बस्ने १९ वर्षीय मोहन कुमार साह र भारत विहार मोतिहारी थाना झरौखर पञ्चायत कबैया ग्राम खरसलवा-७ बस्ने ४० वर्षीय महमद आलम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले मोहन कुमार साहलाई सिम्रौनगढ ९ सानो बसवरीयाबाट वीआर ०६ एडब्लु २७५८ नम्बरको मोटरसाइकलसहित १ हजार दरको ७ सय ७ थान र सिम्रौनगढ नगरपालिका ९ ठुलो बसवरीयाबाट साइकलमा आउँदै गरेका महमद आलमलाई १ हजार दरको ६ सय ९ थानसहित पक्राउ गरेको हो । साथै राजन र आकाशलाई उक्त कार्यमा संलग्न रहेको खुल्न आएपश्चात् उनीहरूलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२४-०५-३० , समय : १७:१९:१७ , ११ महिना अगाडि

error: Content is protected !!