पाथीभराको १७ औं वार्षिकोत्सब,सेयर सदस्यहरुलाई सम्मान

झापा एक्सप्रेस , २७७०९  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-६ शरणामती स्थित श्री न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सब भव्यताका साथ मनाएको छ।संस्थाले शरणामती स्थित सामुदायिक भवनमा विविध कार्यक्रम गर्दै वार्षिकोत्सब मनाएको हो।

वार्षिकोत्सबका अबसरमा संस्थाले १० जना जेष्ठ सेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ।जेष्ठ सेयर सदस्यहरूमा खुकी मण्डल,नुनीमाया मण्डल ,लक्ष्मी अधिकारी,सावित्रीदेवी पौडेल,टिकादेवी खत्री,गंगाबहादुर बोहोरा,लक्ष्मीप्रसाद उप्रेती,मोहमद खलील मिया ,खड्ग प्रसाद भेटुवाल,नरप्रसाद प्रसाईलाई सम्मान गरेको हो।सदस्यहरुलाई संस्थाले नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो। त्यस्तै संस्थाले असल ऋणी सवितादेवी केवरत र उमाकान्त उप्रेती ,उत्कृष्ट उद्यमी दुर्गा प्रसाद भट्टराई,उत्कृष्ट बचतकर्ता गीता दाहाल दंगाल र सुवास तामांग ,उत्कृष्ट कारोबारकर्ता समूह श्री दयालधाम गुरुकुल शाखा झापा-६,उत्कृष्ट बाल बचतकर्ता दोर्णप्रसाद पौडेल र उत्कृष्ट कर्मचारी २०८० मा कृष्णप्रसाद राजबंशीलाई सम्मान गरेको छ।

संचालक समितिका अध्यक्ष शंकर पाण्डेको अध्यक्षता र गाउँपालिका कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष नविनकिशोर थापा ,वडा नम्बर ५ का वडाध्यक्ष कृष्णप्रसाद राजबंशी,संस्थाका केशब बजगाईं लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथी थपलियाले संस्थाको उन्नतीको प्रशंसा गर्दै आफुँले सकेको सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो।

संस्थाका व्यवस्थापक बिमल कार्कीले सन्चालन गरेको कार्यक्रममा संस्थाका सन्चालक समितिका उपाध्यक्ष महेन्द्र प्रसाईले स्वागत मन्तव्य राख्नुभएको थियो।

प्रकाशित मिति: २०२४-०५-२७ , समय : १८:४८:१० , ११ महिना अगाडि

error: Content is protected !!