चौथो अध्यक्ष कप – संखुवासभा र आयोजक झापा फाइनलमा

झापा एक्सप्रेस , ४६२४८  पटक हेरिएको

शरणामती – झापाको झापा गाउँपालिकामा जारी चौथो अध्यक्ष कप आमन्त्रित पालिका स्तरीय रात्रीकालिन भलिवल प्रतियोगितामा हिजो भएका तीन खेलमा संखुवासभा र आयोजक झापा निलोले जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन् । संखुवासभाले चितवन र भोजपुरलाई लगातार पराजित गर्दै शिर्ष अंक निकाल्दै फाइनलको यात्रा तय गरेको हो।

झापा -६ शरणामती स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हिजो संखुवासभा र चितवन बिच भएको पहिलो खेलमा ३-२ को सेटमा संखुवासभा ले चितवनमाथी जित निकालेको थियो।यस खेलमा संखुवासभाका सन्तोस राई म्यान अद द म्याच घोषित भएका थिए।

त्यस्तै संखुवासभा र भोजपुर बिच भएको दोस्रो खेलमा भोजपुरलाई पराजित गर्दै संखुवासभा विजयी भएको थियो।भोजपुरलाई ३-२ को प्रतिषपर्धात्मक सेटमा संखुवासभाले जित निकालेको हो।यस खेलमा संखुवासभाका रविन गौतम म्यान अफ द म्याच घोषित भएका थिए।

त्यस्तै तेस्रो खेलमा झापा नीलोले चितवनलाई ३-० को सोझो सेटमा पाखा लगाउदै आफ्नो जित सुनिश्चित गरेको हो ।उक्त खेलमा झापाका रोमन बस्नेत म्यान अफ द म्याच घोषित भए ।

चौथो अध्यक्ष कपको विजेताले १ लाख ६५ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख १ हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।,सेमिफाइनलबाट बाहिरिने दुबै टिमलाई नगद १५/१५ हजार ,सर्वोत्कृष्ट खेलाडीलाई नगद ११ हजार ,उत्कृष्ट सर्वर,उत्कृष्ट स्पाइकर,उत्कृष्ट सेटर,उत्कृष्ट डिफेन्स र उत्कृष्ट ब्लकरले जनही ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।

जेठ १ गते देखी शुरु भएको प्रतियोगिता जेठ ५ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति: २०२४-०५-१८ , समय : ११:०५:४७ , ४ हप्ता अगाडि