चौथो अध्यक्ष कप – चितवन , संखुवासभा ,झापा निलो र भोजपुर विजयी

झापा एक्सप्रेस , ५०९५५  पटक हेरिएको

शरणामती – झापाको झापा गाउँपालिकामा जारी चौथो अध्यक्ष कप आमन्त्रित पालिका स्तरीय रात्रीकालिन भलिवल प्रतियोगिताको दोस्रो चरणको खेलमा चितवन , संखुवासभा ,झापा निलो र भोजपुर विजयी भएका छन् । झापा – ६ शरणामती स्थित जनता माविको खेल मैदानमा हिजो बुधबार भएको खेलमा सो टिम विजयी बनेका हुन् ।

पहिलो खेलमा चितवनले मोरङ्गलाई ३-० को सोझो सेटमा पाखा लगाउदै आफ्नो जित सुनिश्चित गरेको हो ।त्यस्तै आयोजक झापा रातो र संखुवासभा बीच भएको खेलमा ३-१ को सेटमा आयोजकलाई हराउदै संखुवासभा विजयी बनेको छ ।त्यस्तै हिजै भएको तेस्रो खेलमा झापा निलोले तेह्रथुमलाई ३-० को सोझो सेटमा पाखा लगाउंदै आफ्नो जित सुनिश्चित गरेको छ ।त्यस्तै चौथो खेलमा भोजपुरले ३-१ को सेटमा सोलुखुम्बुलाई हराएको छ ।

पहिलो चरणका सम्पूर्ण खेलहरु बेस्ट अफ थ्रीका आधारमा खेलाइएको थियो ।दोस्रो चरणमा बेस्ट अफ फाईबका आधारमा खेलहरु भएका छन् ।आज लिग चरणका खेलहरु हुनेछन । टप चारबाट सुपर लिगको आधारमा अंक जोडेर टप दुइ टिमलाई फाइनल खेलाउने आयोजक समितिले जानकारी दिएको छ ।

चौथो अध्यक्ष कपको विजेताले १ लाख ६५ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख १ हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।,सेमिफाइनलबाट बाहिरिने दुबै टिमलाई नगद १५/१५ हजार ,सर्वोत्कृष्ट खेलाडीलाई नगद ११ हजार ,उत्कृष्ट सर्वर,उत्कृष्ट स्पाइकर,उत्कृष्ट सेटर,उत्कृष्ट डिफेन्स र उत्कृष्ट ब्लकरले जनही ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।

जेठ १ गते देखी शुरु भएको प्रतियोगिता जेठ ५ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति: २०२४-०५-१६ , समय : ०८:२६:०८ , ४ हप्ता अगाडि