झापा (रातो),मोरङ ,सोलुखुम्बु र झापा (निलो) को विजयी सुरुवात

झापा एक्सप्रेस , ६२८४९  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा हिजो मंगलबार देखि सुरु भएको चौथो अध्यक्ष कप आमन्त्रित पालिका स्तरीय रात्रीकालिन भलिवल प्रतियोगितामा झापा (रातो),मोरङ ,सोलुखुम्बु र झापा (निलो) ले विजयी सुरुवात गरेका छन् ।

झापा-६ को शरणामती स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा भोजपुरलाई २-१ को सेटमा हराँउदै झापा रातोले विजयी सुरुवात गरेको हो। भोजपुरलाई २०-२५,२५-२२ र २५-१५ को सेटमा झापा रातोले हराएको हो । खेलमा म्यान अफ द म्याच झापा रातोका अमृत मल्ल ठकुरी घोषित हुनुभयो ।

त्यस्तै हिजै भएको दोस्रो खेलमा मोरङ्गले तह्रथुमलाई २-० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ। मोरङ्ले २५-१९ र २५-१४ को सोझो सेटमा तेह्रथुमलाई हराएको हो । यो खेलका म्यान अफ द म्याच मोरङ्गका सुसान राई घोसित हुनुभयो ।

त्यस्तै तेस्रो खेलमा संखुवासभालाई २-० को सोझो सेटमा हराउँदै सोलुखुम्बुले जितको सुरुवात गरेको छ।।खेलमा म्यान अफ द म्याच सोलुका बिष्णु बस्नेत घोषित हुनुभयो ।

त्यस्तै चौथो खेलमा आयोजक झापा नीलोले २-१ को सेटमा चितवनलाई हराउँदै विजयी सुरुवात गरेको छ।खेलका म्यान अफ द म्याच आयोजक टिमका भारत यादव घोषित हुनुभयो ।

पहिलो चरणका सम्पूर्ण खेलहरु बेस्ट अफ थ्रीका आधारमा खेलाइएको छ ।दोस्रो चरण अर्थात आज बाट बेस्ट अफ फाईबका आधारमा खेलहरु हुनेछन ।टप चारबाट सुपर लिगको आधारमा अंक जोडेर टप दुइ टिमलाई फाइनल खेलाउने आयोजक समितिले जानकारी दिएको छ ।

खेल संचालक समितिका अध्यक्ष रोहित सिवाकोटीको अध्यक्षता र झापा गाउँपालिकाका कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुद्दीजिवी,सामाजिक व्याक्तीत्व लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी थपलियाले खेलनै स्वास्थ्यको मेरुदण्ड र अन्तराष्ट्रिय पहिचानको आधार रहेको भन्दै झापा गाउँपालिकाले खेलको विकासमा सदैब योगदान पुर्याउने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

अनोज ताम्लीले संचालन गरेको कार्यक्रमको स्वागत संचालक समितिका सल्लाहकार संयोजक गजेन्द्र ताम्लीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२४-०५-१५ , समय : ०८:०२:५१ , ७ महिना अगाडि