झापा गाउँपालिकाबाट ब्राउनसुगर सहित एक पक्राउ

झापा एक्सप्रेस , ५२१७६  पटक हेरिएको

झापा, १६ वैशाख । प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले झापा गाउँपालिका वडा नम्बर–५ पन्थपांडा स्थित हुलाकी राजमार्गबाट नियन्त्रणमा लिएको छ ।

प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १० प ५६४२ नम्बरको मोटरसाइकल चालक बाह्रदर्शी गाउँपालिका–४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई नियन्त्रणमा लिएको हो ।

शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १६ ग्राम र नगद रु ११ हजार फेला परेकोले निजलाई मोटरसाइकल सहित नियन्त्रणमा लिइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०४-२८ , समय : ११:१८:३६ , ३ हप्ता अगाडि