झापा एक्सप्रेस , २९९१२ पटक हेरिएको
झापा-झापा गाउँपालिकाले शिक्षा क्षेत्रलाई भ्रष्टाचार रहित बनाउने भन्दै बोल्ड निर्णय गरेको छ।
झापाको झापा गाउँपालिका-४ स्थित डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्तालाई झापा गाउँपालिकाले पदबाट हटाएको छ।गुप्तालाई पदबाट हटाउदै निमित्त प्रधानाध्यापकमा सोही विद्यालयका सहायक प्रअ गोपीकृष्ण पराजुलीलाई नियुक्त गरेको छ।
प्रअ गुप्ताका विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डिल्लिराज माविका विषयमा १६ बुँदे उजुरी हालेका थिए।जसमा २०७६/०७७ पछि विरेन्द्रप्रसाद गुप्ता प्रधानध्यापक भएपछी कयौं कुराहरुमा अनियमितता भएको उल्लेख गरेका छन् ।
बालबिकास शिक्षकका रुपमा सो विद्यालयमै कार्यरत प्रअ गुप्ताकी पत्नी ज्योती कुमारी गुप्ता विद्यालयमा अनुपस्थित भएको दिनमा पनि स्वयम् प्रधानाध्यापकले किर्ते हस्ताक्षर गरि हाजिरी गरेर पदिय दुरुपयोग गरेको ,बजार मूल्य भन्दा बढी मुल्यको बिल भौचर तयारपारी विद्यालयमा विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि भनी खरिद गरिएका कमसल स्तरका डेक्स,बेन्च,पंखा,पोडियम,इन्टरएक्टिभ बोर्ड,प्रोजेक्टर,स्मार्टबोर्ड,सिसिटिभी क्यामेरा,टेबल,कार्पेट,सोफा,सेनिटाइजर,फिल्टर,ट्वाइलेटका सामानमा अनावश्यकरुपमा भ्रस्टचार गरेको लगायतका १६ बुँदे उजुरी दायर गरिएको छ।प्रधानाध्यापक गुप्ताले विद्यालयका प्राय सबै गतिविधि ,प्रासनिक काममा अनियमितता गरेको आरोप उजुरीमा उल्लेख छ।
विद्यालयको भ्रस्टाचार विषयमा स्थानीय साथै सर्वदलिय दबाब बढेपछी गाउँपालिकाले भ्रष्टाचारको आरोप लागेका गुप्तालाई पदबाट हटाएको कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताउनु भयो।”हरेक क्षेत्रमा भ्रष्टाचार रहित सुसासन हाम्रो अभियान हो” थपलियाले भन्नुभयो।हामीले गुप्तालाई पदबाट हटाएर पराजुलीलाई निमित्त प्रअमा नियुक्ति गरेका छौ,उहाँ अब शिक्षक मात्र हो प्रअ होइन, उहाँले भन्नू भयो।
प्रकाशित मिति: २०२४-०४-२६ , समय : १८:११:४३ , ८ महिना अगाडि