भोजपुर भलिवल प्रतियोगिताको उपाधी झापा गाउँपालिकालाई,नगद दुई लाख सहित हात पार्यो एक सय एक तोला चाँदी

झापा एक्सप्रेस , २३२०३  पटक हेरिएको

शरणामती–भोजपुरको आमचोक गाउँपालिकामा आज सोमबार सम्पन्न प्रदेश न.१ पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि झापाको झापा गाउँपालिकाले जितेको छ । उसले उपाधि दाबेदार भोजपुरको हतुवागडी गाउँपालिकालाई ३:१ को सेटमा २५–१८, २५–२२, २६–२४ र २५–२१ ले पराजित गर्दै उपाधि जितेको हो ।

जीतसँगै उपाधि विजेता झापा गाउँपालिकाले नगद दुइ लाख रुपैयाँ र एक सय एक तोलाको चाँदीको ट्रफी हात पारेको छ । त्यस्तै उप–विजेता हतुवागडीले नगद एक लाख पचास हजार हात पार्यो ।त्यस्तै प्रतियोगितामा तेस्रो बनेको भोजपुरकै आमचोक गाउँपालिकाले तेस्रो हुँदै नगद एक लाख हात पारेको छ ।

प्रतियोगिताको बेस्ट प्लेयरको उपाधि विजेता टोलीका रविन गौतमले हात पारे भने बेष्ट स्पाइकरको उपाधि हतुवागडीका राजकुमार तामाङ्गले हात पारे । त्यस्तै बेष्ट ब्लकरको उपाधि झापाका रोहित शिवाकोटी,बेस्ट सर्वर झापाकै रोशन शिवाकोटी ,बेस्ट लिब्रो आमचोकका सन्तोस राई र बेष्ट लिफ्टरको उपाधि आमचोककै निशान राईले हात पारे। उनीहरुले ट्रफी तथा मेडल प्राप्त गरे ।

प्रतियोगितामा प्रदेश एकका ८ टिमको सहभागिता रहेको थियो ।आमचोकको वालङ्खामा रहेको खेल मैदानमा सम्पन्न प्रतियोगिताको आयोजना आमचोक गाउँपालिकाले गरेको थियो।

प्रतियोगितामा प्रदेश नम्बर १ का आन्तरिक मामीला तथा योजना मंत्री इन्द्र आङबो (मौसम) ,आमचोक गाउँपालिका अध्यक्ष अशोक राई लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित मिति: २०२२-०४-०४ , समय : २०:४०:०० , २ वर्ष अगाडि