झापा गाउँपालिकामा आगलागी,दमकल नहुँदा पुर्णरुपमा क्षती

झापा एक्सप्रेस , ४००७५  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा आगलागी भएको छ।झापा-४ स्थित नयाँबस्ती बेलायतीबारीका जब्बर अन्सारीको घरमा आगलागी भएको हो।

आज बिहिबार अन्दाजी दिउँसो ४.२० बजे खाना पकाउने क्रममा भान्सा घरमा आगलागी हुँदा भान्सा घर,छेउको गोठ पुर्णरुपमा जलेर नष्ट भएको प्रहरी ले जनाएको छ।नजिकैका पालिकामा दमकल नहुँदा अन्सारीको इटाँले बारेको टिनको घरको छानो भएको घरमा समेत आगलागी भएको छ।

भद्रपुर र बिर्तामोडको दमकल अन्तिम समयमा मात्र आएको स्थानीय मुर्सेद अलिले बताए।झापा गाउँपालिका लगायत नजिकका पालिकामा नजिकै दमकल नहुनाले आगलागीबाट पुर्णरुपमा क्षती भएको छ।

आगलागीबाट अन्सारीको करिव १६ लाख रुपैयाँ क्षती भएको प्रहरीले जनाएको छ।छोरालाई बिदेश पठाउन राखेको नगद ३ लाख ५० हजार,सुनचाँदी ,अन्नपात,गाईको गोठ,भान्सा घर,इटाँले बारेको टिनको छानो भएको घरमा क्षती भएको छ।आगलागी दमकल,स्थानीय,जनप्रतिनिधी र प्रहरीको सहयोगमा ५.४५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

देशमा स्थानीय सरकार संरचना निर्माण भएको ७ वर्ष बितिसक्दा पनी दमकल जस्ता आधारभुत साधन नहुनु दु:खद विषय हो ।

प्रकाशित मिति: २०२४-०३-१४ , समय : १९:५५:२१ , १ वर्ष अगाडि

error: Content is protected !!