झापा एक्सप्रेस , ५०२७३ पटक हेरिएको
झापा-झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार साँझ ६ बजे झापा गाउँपालिका वडा नम्बर ४ मंगलबारेस्थित हुलाकी राजमार्गमा शरणामतिबाट कुमारखोद जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।
मे ३ प ५९२१ नम्बरको मोटरसाइकलले पैदलयात्री ५५ वर्षीय शम्भु कार्कीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका कार्कीको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो।
त्यहाँ अस्पतालमा पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
शव सोही अस्पतालमा राखिएको छ। प्रहरीले मोटरसाइकल चालक झापा गाउँपालिका वडा नम्बर १ बस्ने ४५ वर्षीय पदमबहादुर राजवंशी प्रहरीको नियन्त्रणमा छन्।
प्रकाशित मिति: २०२४-०३-०५ , समय : ११:०४:५९ , ९ महिना अगाडि