लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना बढाउदै ईलाका प्रहरी कार्यालय सुरुङ्गा

झापा एक्सप्रेस , ९५५६  पटक हेरिएको

चन्द्र बस्नेत
कनकाई

पछिल्लो समय नेपालमा लागु औषधको प्रयोग , साईबर अपराधका घटना दिनानुदिन बढ्दै गएको छ। यसको नियन्त्रणमा विभिन्न कार्यक्रम पनि हुने गरेका छ्न।यस्तै झापाको कनकाईकामा पनि विद्यालय तथा समुदाय स्तरमा लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रमलाई तिव्रता दिएको छ।

विभिन्न संघ – सस्था , स्थानीय तह विद्यालयले यस्तो कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखी विद्यालय तथा समुदाय स्तरमा लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम निरन्तर अगाडी बढाईरहेका हुन् ।

लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रमलाई बुद्धशान्ति गाउपालिकाबाट जिल्ला प्रहरी कार्यलय झापा हुँदै ईलाका प्रहरी कार्यलय सुरुङ्गाको नेतृत्व समालेको भोलिपल्ट देखिनै बरिस्ठ प्रहरी नायव निरिक्षक प्रविण कुमार भट्टराईको सक्रियतामा यस्तो कार्यक्रमलाई तिव्रता दिएको हो।

१९ वर्ष अघि प्रहरी सेवामा प्रवेश गर्नुभएका भट्टराईले कार्यक्रममा लागू औषध दुर्व्यसन के हो ? यसवाट स्वास्थ्यमा र समाजका कस्तो असर पर्छ , दुर्व्यसनमा परि सकेपछिको अवस्था कस्तो हुन्छ ? त्यस्तै साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम जस्ता विषयमा बिद्यार्थीहरुमा प्रशिक्षण दिदै आउनुभएको छ।

पछिल्लो समय नेपालमा लागु औषधको प्रयोग , साईबर अपराधका घटना बढदै समाजलाई नै गलत बाटोतिर धकेल्ने गरेको भन्दै यसलाई न्यूनीकरणका लागि आफू जहाँ रहेपनि समाज परिवर्तन गर्नमा लागिपरेको ईलाका प्रहरी कार्यलय सुरुङ्गाका बरिस्ठ प्रहरी नायव निरिक्षक तथा प्रशिक्षक भट्टराईले बताउनुभयो ।

ईलाका प्रहरी कार्यलय सुरुङ्गाको नेतृत्व समाले लगत्तै नगरपालिका , वडा कार्यलय विभिन्न संघ सस्थाहरुको सहकार्य तथा सहयोगमा कनकाईका एक दर्जन बढी निजी तथा सामुदायिक विध्यालयमा जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरिसकेको प्रशिक्षक भट्टराईले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यलय सुरुङ्गाको नेतृत्व समाले सगै बरिस्ठ प्रहरी नायव निरिक्षक तथा प्रशिक्षक भट्टराईले सक्रियताको चारै तिर प्रसंङ्शा हुन थालेको छ। उहाँले नगरपालिका , वडा कार्यलय ,विद्यालय तथा संघ सस्थासगको सहकार्यमा सचेतना मुलक कार्यक्रमलाई प्राथमिकता दिदै अन्य जनताहरुको शान्ति सुरक्षामा पनि उतिकै जिम्मेवारी बहन गरेको भन्दै जनप्रतिनिधि , विद्यालय तथा संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नै प्रसंङ्शा गर्नथाल्नुभएको हो।

केही महिना अघि सुरुङ्गा जेसिजले लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना अघाडी बढाउन अक्षयकोष स्थापनार्थ महायज्ञ नै आयोजना गर्यो ।त्यस्तै लाईन्स क्लब अफ कनकाई सुरुङ्गाले नगरका निजी तथा सामुदायिक विद्यालयमा सप्ताह ब्यापी विद्यार्थी लक्षित समुदाय स्तरमा लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रमको आयोजना गरि विद्यार्थी लक्षित जनचेतना मुलक कार्यक्रम गरिएको हो।

यस्तै लाईन्स क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा सरस्वती मावी जामुनबारी ,भृकुटी मावि दुर्गापुर, कनकाई मा वि सुरुङ्गा ,चम्फापुर मा वि चम्फापुर , भगवती प्रावि तुलसीबारी, हरिकुल नमूना माध्यमिक विद्यालय सुरुङ्गा , सिंह देवी प्रा वि र बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालय ,
नवयुग शिक्षा निकेतन विद्यालयमा ईलाका प्रहरी कार्यलय सुरुङ्गाका बरिस्ठ प्रहरी नायव निरिक्षक प्रविण कुमार भट्टराईले सहजीकरण गर्दै लागू औषध दुर्व्यसन के हो ? यसवाट स्वास्थ्यमा र समाजका कस्तो असर पर्छ , दुर्व्यसनमा परि सकेपछिको अवस्था कस्तो हुन्छ ? त्यस्तै साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम जस्ता विषयमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियोे ।

कार्यक्रम अन्तर्गत जामुनखाडी स्पोर्टिङ क्लबको आयोजनामा जामुनबारी सामुदायिक वनको सभाहलमा त्यस्तै अन्य विद्यालयहरुमा झापा मेरिगोल्ड , बेनुबाजा, जनचेतना, जानकी लगायतका विद्यालयहरुमा पनि यस्तै कार्यक्रम सम्पन्न गरिसक्नु भएको छ।

यता कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले समाज रुपान्तरणको मुख्य भुमिकामा रहेका युवावर्ग लागूपदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेला यसको न्युनिकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाज तथा विद्यालय स्तरबाट यस्ता सचेतना मुलक कार्यक्रम आवश्यक रहेकोे भन्दै कनकाई मात्र नभई झापाका अन्य पालिकामा पनि यस्तो कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमलाई निरन्तर अगाडी बढाई युवावर्ग लागूपदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेला यसको न्युनिकरण गर्न नगरपालिका लागिपर्ने बताउनुभयो ।

अधिकाङ्कास कार्यक्रममा सहभागीहरुले भोलिका दिनमा देश र समाजको नेतृत्व गर्ने जनशक्ति आजका युवावर्ग तथा बिद्यार्थीहरुनै भएकोले यस प्रशिक्षणबाट पाएको ज्ञानलाई ब्यवहारमा उतारेर नेतृत्वदायी भुमिकामा सफल नागरिक बन्न सक्नुहोस भनी सहभागीहरुले शुभकामना समेत दिनुभएको थियोे ।

प्रकाशित मिति: २०२४-०३-०३ , समय : २०:२४:०४ , १२ महिना अगाडि

error: Content is protected !!