झापा एक्सप्रेस , २७४७४ पटक हेरिएको
झापा, फागुन १६ । झापाको झापा गाउँपालिका–४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई विद्यालय प्रवेशमा नेपाल कम्युनिस्ट पार्टी (विप्लब समुह)ले रोक लगाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रअ गुप्ताले गरेको अनियमितता छानबिन नगरेसम्म उनलाई विद्यालय प्रवेशमा रोक लगाइएको जनाएको छ ।
विप्लव समूहको झापा गाउँपालिका कमिटीले विद्यायलभित्र प्रअ गुप्ताले गरेका अनियमितताको छानबिन नगरेसम्म रोक लगाइएको इञ्चार्ज कुमार सीले जनाएका छन् ।मंगलबारै विप्लवका कार्यकर्ताहरूले प्रअ गुप्ताको कोठामा तालाबन्दीसमेत गरेका थिए ।
यता तालाबन्दी गरेको केही घण्टा नबित्दै सुरक्षाकर्मीको टोलीले ताला खोलेको थियो ।ताला खोलिएपछी जनमाग दबाउन ताला खोलिएको भन्दै नेकपाका झापा गाउँपालिका इन्चार्ज कुमार सी आपत्ती जनाएका छन् ।
गुप्ताले विद्यालयमा अपारदर्शी ढंगले काम गरेपछि यतिवेला त्यहाँका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, अभिभावक, स्थानीयवासी सबै रुष्ट भएका छन् । पटक–पटक प्रअ गुप्तामाथि भ्रष्टाचार आरोप लाग्दा पनि गाउँपालिकाले छानबिन नगरेपछि विप्लव समूहले एक्सन लिएको जनाएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उजुरीसमेत परेको छ । स्थानीय राजनीतिक दल, बुद्धिजीवी, जग्गादाताहरूले विद्यालयको पारदर्शिता खोजेका छन् । तर,प्रअ गुप्ताले उनीहरुको मागलाई बेवास्ता गर्दै आएका छन् । विद्यालयको भौतिक संरचना, दिवा खाजालगायतमा ठूलो अनियमितता गरेको गुप्तामाथि आरोप छ ।
प्रकाशित मिति: २०२४-०२-२८ , समय : २०:२४:१२ , १० महिना अगाडि