सुर्योदयमा बेरोजगार युवाहरुलाई निशुल्क ड्राइभिङ ट्रेनिङ

रोशन काफ्ले , ४२६८७  पटक हेरिएको

नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सुर्योदय नगर कमिटीले पछिल्लो समय सामाजिक क्षेत्रमा कार्यहरु गर्दै आईरहेको छ । केही समय देखि निरन्तर सामाजिक क्षेत्रमा काम गरिरहेको युवा संघले
सुर्योदय भित्र रहेका सबै युवाहरु लक्षित गर्दै सिप सिकौं रोजगारी तर्फ उन्मुख बनौ भन्ने मूल उदेश्यका साथ सुरुवातमा करिब ४० जना युवाहरूलाई निशुल्क ड्राइभिङ ट्रेनिङ संचालन गरिरहेको छ ।

इलामको सुर्योदय नगरपालिका १० सिमपानी , फिक्कल र वडा नं ६ डुडे गैरामा गरि ४० जनालाई रोजगार होस भन्ने हेतुले सीप सिकाइरहेको राष्ट्रिय युवा संघ नेपाल सुर्योदय नगर कमिटी अध्यक्ष उदयहाङ्ग फागोले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपाल सुर्योदय नगर कमिटी साथै बुद्वशान्ति मोटर ड्राइभिङ सेन्टरको विषेश सहयोगमा गत माघ १८ गतेदेखी फागुन १७ गते सम्म ड्राइभिङ ट्रेनिङ संचालन भैरहेको सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन ।

राष्ट्रिय युवा संघ नेपाल सुर्योदयले आगामी दिनमा महिलाहरुको लागि पार्लर ट्रेनिङ र कृषकहरुको लागि कृषि सम्बन्धि विशेष कार्यक्रम पनि ल्याएर बेरोजगारी युवाहरुलाई आत्मनिर्भर बनाउन लागि पर्ने रास्ट्रिय युवा संघ नेपाल सुर्योदय नगर कमिटी सचीव अधिकारिले जानकारी जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०२-१२ , समय : १०:२८:३८ , ४ महिना अगाडि