झापा एक्सप्रेस , ५३६७२ पटक हेरिएको

शरणामती।राष्ट्रिय स्वतन्त्र पार्टी झापा गाउँपालिकाले गाउँपालिकालाई यथाशीघ्र शिक्षा कार्यविधी बनाउन माग गरेको छ।रास्वपाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी झापा गाउँपालिकाका सभापती लक्ष्मण तिवारीद्वारा हस्ताक्षरित प्रेस विज्ञाप्तीमा भनिएको छ ” श्री डिल्लीराज नमुना माध्यमिक विद्यालयको सम्बन्धमा उत्पन्न भएको समस्या र समस्या सावधानका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी झापा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।यस विषयमा पटक-पटक सर्वदलीय तथा गाउँपालिकाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले विवादित प्रअ विरेन्द्रप्रसाद गुप्तालाई निलम्बनमा राखी स्वतन्त्र छानबिनका माग समेत गरेको जानकारी गराउन चाहान्छौ।
रास्वपाले झापा गाउँकार्यपालिका र सर्वदलिय बैठकमा भएको सहमती अनुरुप झापा गाउँकार्यपालिकाले एक स्वतन्त्र समिती(आयोग) बनाई प्रअ विरेन्द्रप्रसाद गुप्ताबाट प्राप्त भएको सामाजिक लेखा परिक्षण प्रतिवेदन अनुसन्धान प्रक्रिया कुन अवस्थामा पुगेको छ र सो को जानकारी यथासिघ्र उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी अनुरोध गर्दछ विज्ञप्तीमा भनिएको छ।
त्यस्तै झापा गाउँपालिकालाई बिनियोजन हुने ५०% बजेट शिक्षा क्षेत्रमा लगानी हुने र सो बजेट संचालनका लागी झापा गाउँकार्यपालिकाले शिक्षा कार्यविधि नबनाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी खेद प्रकट गर्दछ र यथाशीघ्र शिक्षा कार्यविधी बनाउन माग गर्दछ विज्ञप्तीमा उल्लेख छ।
साथै यस किसिमका अनुचित कार्य विरुद्ध सम्पुर्ण न्यायप्रेमी नागरिक समाज,विद्यार्थी,शिक्षक,अविभावक,राजनीतिक दल तथा आम जनसमुदाय एकजुट भइ भ्रष्टाचार र बेथिती विरुद्ध लड्न र सुसासन कायम गर्न सहयोग गरिदिन हार्दिक अपिल गर्दछौ” प्रेस विज्ञप्ती मार्फत रास्वपाले अपिल गरेको छ।
प्रकाशित मिति: २०२४-०२-०२ , समय : १६:३०:२७ , १ वर्ष अगाडि