झापा एक्सप्रेस , १७५८६ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिकाको १५ औं गाउँसभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ।गाउँपालिकाको सभाहलमा सम्पन्न भएको गाउँसभामा सातैवटा वडाका केही योजनाहरुलाई रकमान्तर समेत गरिएको छ।
गाउँ सभामा सभाध्यक्ष गाउँपालिकाकी कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले अहिले सम्म भएगरेका कामको प्रतिवेदन प्रस्तुत गर्दै रकमान्तर गरिएका योजनाहरुको प्रस्ताव पेश गर्नुभएको थियो।उहाँले शिक्षा,प्रधानमन्त्री रोजगार कार्यक्रम,जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा ,व्याक्तीगत घटना दर्ता,पुर्वाधार विकास,लघुउद्वम विकास कार्यक्रम,कृषि तथा पशु विकास,स्वास्थ्य,संस्थागत विकास सेवा प्रवाह र सुसाशन,विपद व्यवस्थापन र ऐन नियम तथा कानुन तर्जुमा तर्फ अहिले सम्म भए गरेका प्रगती प्रस्तुत गर्दै अझै अन्य कामहरु निरन्तर हुँदै गरेको बताउनु भयो।
गाउँसभामा सभाध्यक्ष थपलियाले १४ औं गाउँसभाले ल्याएको रु ४९ करोड ९० लाख १७ हजार २ सय रुपैयाँको बजेट मार्फत सातैवटा वडामा योजनाहरु संचालनको क्रममा रहेको बताउदै चालू तर्फ ३३.१८% र पुँजीगत तर्फ १६.३२ % खर्च भएको बताउनुभयो।
गाउँसभामा सभा सदस्यहरुले आफ्ना भनाइ राखेका थिए।सभाध्यक्ष थपलियाले सभासदस्यहरुलाई क्रमागतरुपमा उत्तर दिनुभएको थियो।
प्रकाशित मिति: २०२४-०१-२५ , समय : ०८:१७:३० , १० महिना अगाडि