यङ ब्वाइज र माईजोगमाई ३ ए को जितसँगै माईजोगमाई वडा स्तरिय फुटबलको सेमिफाइनल समीकरण पूरा

रोशन काफ्ले , ७२७६४  पटक हेरिएको

इलामको माईजोगमाई गाउपालिकामा देवान फुटबल क्लबको आयोजनामा माईजोगमाई गाउपालिका वडा स्तरिय फुटबल प्रतियोगिता संचालन भइरहेको छ ।

वडा नं ४ स्थित नेपाल ज्योती माध्यमिक विद्यालयको खेलमैदानमा खेल संचालन भैरहेको छ । वडा स्तरिय खेलमा आजबाट क्वाटरफाइनलका खेल हरु सम्पन्न भएको छ ।आज भएको पहिलो खेलमा यङ ब्वाइज माईजोगमाई १ ले ब्रदर्स युनाइटेड फुटबल क्लबलाई ६/१ गोल अंन्तर र दोस्रो खेलमा माईजोगमाई ३ A ले लभ्ली युवा क्लब माईजोगमाई २ लाई ५/२ गोल अन्तरले हराउदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । माईबेनी मेलालाई मध्यनजर गर्दै माघ ४ गते देखि पुनः बाकी रहेको सेमिफाइनलका खेलहरु संचालन हुनेछन ।

पहिलो सेमिफाइनलमा आयोजक देवान फुटबल क्लबले माइजोगमाइ ३ A को सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा यङ ब्वाइज र माइजोगमाइ ५ सोयाङ बिच हुनेछ । सेमिफाइनलको दिन माईजोगमाइ ३ र ४ को महिला टिमले समेत खेल्ने आयोजकले जनाएको छ ।गत पौष २३ गते बाट सुरु भएको खेलमा जम्मा १७ वटा टिमले सहभागी जनाएका छन ।

माघ ५ गते सम्पन्न हुने फाइनलको विजेता टिमले नगद रु ४० हजार मेडल , प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन भने उपविजेता टिमले नगद २५ हजार मेडल , प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने आयोजक देवान फुटबल क्लबका सचिव बिमल पौडेलले जानकारी दिए । खेल सेभेन साइड फर्म्याटमा संचालन भैरहेको छ ।

प्रकाशित मिति: २०२४-०१-१३ , समय : २०:४२:०२ , ५ महिना अगाडि