लागुअौषध , दुर्व्यसनी न्युनिकरणमा लायन्स

झापा एक्सप्रेस , ५५७५३  पटक हेरिएको

लायन्स क्लब अफ कनकाई दुर्गापुरको आयोजनामा अाईतबार कनकाई ७ स्थित भृकुटी मावी दुर्गापुरमा लागुअौषध दुर्व्यसन सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

समाज रुपान्तरणको मुख्य भुमिकामा रहेका युवावर्ग लागूपदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेला यसको न्युनिकरण गर्नमा लायन्स क्लबले चासो देखाउदै बिद्यालय स्तरबाट सचेतना मुलक कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रममा भृकुटि माविमा अध्ययनरत कक्षा ९ र कक्षा १० का विद्यार्थीलाई सहभागी गराई लागू अौषध दुर्व्यसन के हो ? यसवाट स्वास्थ्यमा र समाजका कस्तो असर पर्छ , अमली भईसकेपछिको अवस्था कस्तो हुन्छ ? जस्ता विषयमा बिद्यार्थीहरुमा ईलाका प्रहरी कार्यलय सुरुङ्गाका बरिस्ठ प्रहरी नायव निरिक्षक प्रविन कुमार भट्टराईले प्रशिक्षण दिनु भएको लायन्स क्लब अफ कनकाई दुर्गापुरका सेकेन्ड भिपी भुवन खतिवडाले वताँउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि लायन्सका डिस्ट्रिक ३२५ सि का क्याविनेट सेक्रेटरी लीला प्रसाद चिमरियाले भोलिका दिनमा देस र समाजको नेतृत्व गर्ने जनशक्ति अाजका बिद्यार्थीहरुनै भएकोले यस प्रशिक्षणबाट पाएको ज्ञानलाई ब्यवहारमा उतारेर नेतृत्वदायी भुमिकामा सफल नागरिक बन्न सक्नुहोस भनी सहभागीलाई शुभकामना दिनुभयो ।

तेस्तै पहिलो चरणमा कनकाईमा लायन्स क्लब अफ कनकाई सुरुङ्गा र दुर्गापुरको अायोजनामा कनकाईका सबै बिद्यालयहरुमा यस किसीमको सचेतना मुलक कार्यक्रम गरिने र अर्को चरणमा सबै बिद्यालयका बिद्यार्थीलाई सहभागी गराई लायन्स क्लब अफ कनकाई सुरुङ्गाको सभाहलमा थप बिज्ञ प्रशिक्षकबाट समेत प्रशिक्षण दिइने चिमरियाले बताउनु भयो ।

कार्यक्रममा भृकुटी माविका तर्फबाट बोल्दै न्नदकिशोर झा ले लागु अौषध , दुर्व्यसनीले देसमै विकराल रुप लिईरहेको अबस्थामा यसको न्युुनिकरणका लागि बिद्यालय स्तरमा यस किसीमको कार्यक्रम ल्याएकोमा धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

लायन्स कलव अफ कनकाई दुर्गापुरका फस्ट भिपी तिलचन रिजालको अध्यक्षतामा भएको कार्यक्रममा , भृकुटी माविका व्यवस्थापन समिति अध्यक्ष नवीन बस्नेत , लायन्स क्लब अफ कनकाई सुरुङ्गाका पुर्व अध्यक्ष रमेश खतिवडा , लायन्स क्लब अफ कनकाई दुर्गापुरका थर्ड भिपी रोमन अधिकारी , सदस्यहरु खगमाया चापागाईं , सरिता अधिकारी , मनोज पोखरेल लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको अौचित्य माथी प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत कार्यक्रमका अध्यक्ष तथा लायन्स क्लव अफ कनकाई दुर्गापुरका फस्ट भिपी तिलचन रिजालले गर्नु भएको थियोे भने सञ्चालन लायन्स कलव अफ कनकाई दुर्गापुरका सेक्रेटरी डिल्ली रिजालले गर्नु भएको थियोे ।

प्रकाशित मिति: २०२४-०१-०७ , समय : १८:४८:४९ , १ वर्ष अगाडि

error: Content is protected !!