माईजोगमाईमा एनएमसिको साधारणसभा सम्पन्न

झापा एक्सप्रेस , २७७४३  पटक हेरिएको

असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मुल नाराका साथ इलामको माईजोगमाईमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३१ औ साधारणसभा सम्पन्न गरेको छ ।

विभिन्न इकाइ उपइकाई अन्तर्गत हिजो मंगसिर २ गते बाट सुरु भएको साधारणसभा सप्ताह अन्तर्गत आज इलामका विभिन्न इकाईका उपइकाइहरुको साधारणसभा एकैसाथ सम्पन्न भएको हो ।यसै क्रममा माईजोगमाई गाउपालिका अन्तर्गत नयाबजार सेवाकेन्द्रले पनि आफ्नो ३१ औ साधारणसभा आज सम्पन्न गरेको हो ।नयाँबजार सेवाकेन्द्रका संयोजक याम रसाईलिको अध्यक्षतामा सम्पन्न साधारणसभामा माईजोगमाई गाउपालिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रविना राईको प्रमुख आतिथ्यता संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद गौतम माईजोगमाई गाउपालिका वडा न १ का वडाध्यक्ष यामकुमार कार्कीको विषेश आतिथ्यथा शिक्षक कर्मचारी सेयर सदस्य लगायतको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन प्रमुख अतिथी गाउपालिका उपाध्याय प्रविना राइले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिइन ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी राइले सबैले बचत गर्ने बानी बसाउन आग्रह गरिन । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य शिक्षा कार्यक्रम ल्याएको र महिलाहरुमा बोपल्न सक्ने ब्सनिको विकास भएको र अझ अगाडि यस्ता कार्यक्रम लिएर जान आग्रह गर्दै पालिकाले सहकारी सग सहकार्य गर्दै अगाडि बढने बताइन ।संस्थाको स्थापनाकाल देखि आर्थिक बर्ष २०७९/०८० सम्ममा १,५३,८०३ जना सदस्य रहेको सस्थाको हालसम्म कुल सम्पती १३ अरब २ करोड ८ लाख १६ हजार ४ सय २१ रहेको छ भने संस्थाको खुद नाफा २३ करोड २५ लाख ८७ हजार ३ सय ३९ रहेको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी वरिष्ठ उपाध्यक्ष भगवती घिमिरेले जानकारी दिइन ।

आर्थिक बर्ष २०७९/८० को लेखा प्रतिवेदन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले प्रस्तुत गरेका थिए ।हालसम्म ५८ वटा रिण व्यवसाय संचालनमा आएको र आर्थिक बर्ष २०८०/०८१ मा ८ वटा थप्ने लक्ष्य संस्थाको रहेको साथै संस्थाले हालसम्म ५ वटा व्यवसाय गर्दै आएको र आर्थिक बर्ष २०८०/०८१ मा २ वटा व्यवसाय थप गर्दै लैजाने र मंगसिर मसान्तसम्ममा सस्थाको नाफा रकमको १४ करोड मुनाफा रकम संस्थाका सेयर सदस्यहरुलाई वितरण समेत गरिने बचत तथा रिण व्यवसाय प्रमुख मनिष कोइरालाले बताए ।कार्यक्रमको संचालन नयाँबजार सेवाकेन्द्र उपइकाइका कार्यलय प्रमुख सुबास निरौलाले गरेका थिए ।

प्रकाशित मिति: २०२३-११-२० , समय : ०८:२६:४१ , ७ महिना अगाडि