नेकपा एमाले-वडा ३ को वडाध्यक्षमा ४ जनाको टक्कर

झापा एक्सप्रेस , ८६८५  पटक हेरिएको

शरणामती।बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा  झापा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चार जना आकांक्षी बनेका छन् ।४ जनालेनै वडाध्यक्ष पदका लागि आ-आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एकै पदका लागि उम्मेदवारी घोषणा गर्नेहरुमा किरण रसायली,रामप्रसाद उप्रेती,प्रदिपराज जोसी र खड्गप्रसाद  राजबंशी रहेका छन् ।एउटै वडाबाट एकै पदमा आकांक्षी बढेपछी कुन प्रभावशाली भन्ने छुट्याउन गाह्रो परेको एमाले नेता बताउँछन् ।

झापा गाउँपालिकाको केन्द्र तथा गाउँपालिकाको कार्यालय समेत रहेको वडा नम्बर ३ मा उम्मेदवारको नेत्रीत्व गर्ने आकांक्षा बढेको देखिएको छ।अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले वडाध्यक्षमा निर्वाचन जितेको क्षेत्रमा एमालेले पकड जमाउला नजमाउला त्यो भने आगामी दिनले बताउनेछ।

प्रकाशित मिति: २०२२-०४-०१ , समय : २०:३२:०९ , २ वर्ष अगाडि