झापा एक्सप्रेस , ३७००८ पटक हेरिएको
कनकाई । प्रजापति सामाजिक क्लव को आयोजना तथा कनकाइ न.पा., १ नम्वर वडा कार्यालय र प्रजापति सामुदायिक वनको विशेष सहयोगमा झापाको कनकाई १ स्थित प्रजापतिमा बिहिबार देखि कनकाई नगरपालिका वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता २०८० सुरु भएको छ ।
बडादशैँ तथा तिहारको अवसर पारेर प्रजापति सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता सुरु गरिएको आयोजक प्रजापति सामाजिक क्लवका अध्यक्ष ईश्वर सुवेदीले जानकारी दिनुभयो ।
बिहिबार भएको उद्घाटन खेलमा वडा न ३ र २ लेब विजयी सुरुवात गरेका छन् ।
कनकाई १ स्थित प्रजापति सामुदायिक वन परिसरमा रहेको खेलमैदानमा भएको पहिलो उद्घाटन खेलमा वडा न ३ ले वडा न ५ लाई १–० गोल अन्तरले हराएको वडा न १ का वडा सदस्यीय हरिकुमार राईले जानकारी दिनुभयो ।
त्यस्तै दोस्रो खेलमा वडा न ८ लाई सडनडेथमा हराउदै वडा २ पनि विजयी भएको छ।
पहिलो खेलको प्लेयर अफ द म्याच विजयी टिमका मनिश लिम्बु घोषित भए। उनले मनकामना प्रीन्ट दुर्गापुरका तर्फबाट आकर्षक पुरस्कार प्राप्त गरेका छन् भने दोस्रो वडा न ८ र वडा २ बीचभएको खेलमा विजयी टिमकै सन्दिप इदिङ्गो प्लेयर अफ द म्याच घोषित भए। उनलाई होटल स्वर्गलोक दमकले पुरस्कारको व्यवस्था गरेको थियोे ।
प्रतियोगितामा कनकाईका प्रत्येक वडाका एक – एक गरि नौ टिमको सहभागिता रहेको छ ।
हिजोबाट सुरु भएको प्रतियोगिता असोज २९ गते समापन ( फाइनल ) खेल हुने बताईएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार १ सय ११, दोस्रो पुरस्कार राशि १५ हजार १ सय ११ रहेको छ ।
त्यसैगरी प्रत्येक खेलमा मेनअफद म्याच खेलाडीलाई नगद , फाइनल खेलमा उत्कृष्ट सात विधाहरु गोल किपर, डिफेन्स, मिडफिल्डर, फरवाड, कोचर, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजक समितिका खेल संयोजक हेमसिङ्ग श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीयस्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
आज सुक्रबारको पहिलो खेल वडा न ४ र ७ तथा दोस्रो खेल वडा न १ र ९ बिचहुने वडा न १ का वडा सदस्य राईले जानकारी दिनुभयो ।प्रतियोगिता अवधिभर रिजाल इन्टरप्राइजेज दुर्गापुरले साउण्ड सिष्टम निशुल्क उपलब्ध गराएको क्लवका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष सुवेदीको सभापतित्वमा भएको उद्घाटन खेलमा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरलेको प्रमुख आतिथ्यता रहेको थियोे ।
प्रमुख अतिथी पोखरले ब्यानर बाचन गरि पाँनसमा बत्ती बाली उद्घाटन गरिएको कार्यक्रममा विशेष अतिथि वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल , प्रजापति सामुदायिक वनका अध्यक्ष मातृका पोखरेल लगायले आ- आफ्नो धारणा राख्नुभएको थियोे ।
वडा न, १का वडा सदस्यीय निर्मला खड्का , दल बहादुर थापा लगायत उपस्थित रहेकोे कार्यक्रममा
क्लबका सस्थापक अध्यक्ष राजेश श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन क्लबका पुर्व अध्यक्ष दिपेश रिमाल र सह- सचीव जितमगरद्वयले सयुक्त रुममा गर्नुभएको थियोे ।
प्रकाशित मिति: २०२३-१०-१३ , समय : ०६:३९:२८ , १ वर्ष अगाडि