झापा एक्सप्रेस , १८९४७ पटक हेरिएको

बिर्तामोड । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् ।
युवा संघको प्रथम नगर अधिवेशन कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको हो ।
बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो ।
तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ता भएको बुझिएको छ । तोडफोडमा संलग्न एकजना पक्राउ परेको प्रहरीले जनाएको छ । यता महेश बस्नेतले अराजक दुर्गा प्रसाँईका पाखण्डीहरुले कथित पहिचानवादीको आडमा पार्किङ्ग गरिराखेको सर्वसाधारण र सहभागीहरुको गाडी तोड्फोड गरेर आफ्नो कायरता प्रदर्शन गरेको उल्लेख गरेकाछन । उनले सामाजिक संजाल फेसबुकमा लेख्दै यसको हिसाव किताब अबस्य हुने बताएका छन ।
प्रकाशित मिति: २०२३-१०-१२ , समय : २०:०५:०४ , २ वर्ष अगाडि