महारानी झोडा साना किसान सहकारीको २१ औं साधारणसभा सम्पन्न

झापा एक्सप्रेस , १७३५१  पटक हेरिएको

गौरादह/ महारानी झोडा सहकारी संस्थाकाे २१ औं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ। संस्था द्वारा स्थापित गौरादह ४ स्थित साइलेज उत्पादन केन्द्रमा आयोजित सम्पन्न साधारणसभामा संस्थाका मिना ढकालले संस्थाकाे बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकि थिइन् ।

ढकाल द्वारा प्रस्तुत प्रतिबेदनमा संस्था २५ औं साधारणसभा सम्म आइपुग्दा प्रधान कार्यलय स्कुलचौनबाट सुरु भई हाल सम्म गौरादह ४ मा कृषि बीउ उत्पादन उद्योग, साइलेज उत्पादन उद्योग, चाक्लाबन्दी खेती, सामुदायिक कृषि यान्त्रिकरण सेवा, दुग्ध संकलन कार्यक्रम जस्ता कृषक सँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण कार्यक्रमहरु सन्चालन गर्दै आएको उल्लेख गरिएको छ । त्यस्तै संस्थाले सेयर सदस्यहरुलाई मृत्यु राहत कोष, सानाकिसान अनुसरण कार्यक्रम, सुत्केरी पोषण कार्यक्रम, र्‍यामिटेन्स सेवा, एकीकृत कृषि भवन निर्माण कार्यक्रम आदि संचालन गर्दै आएको उल्लेख गरिएको छ ।

साधारणसभामा लेखा समिति संयोजक रिता पौडेलले आर्थिक बर्ष २०७९/०८० काे आर्थिक प्रतिबेदन र आर्थिक बर्ष २०८०/०८१ काे याेजना प्रस्ताव सम्बन्धि आय- ब्यय विवरण प्रस्तुत गरेकि थिइन् । संयोजक पौडेल द्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाले आर्थिक बर्ष २०७९/०८० मा ७२ कराेड ४० लाख ३ हजार ४ सय ७१ रुपैयाँकाे कुल काराेवार गरेकाे प्रतिबेदन प्रस्तुत गरेकि थिइन् । संस्थामा ५ कराेड १२ लाख ४७ हजार ५ सय ६९ शेयर पुँजी रहेकाे संस्थाले गत आर्थिक बर्षमा ४५ लाख ३२ हजार ५ सय ८६ नाफा गरेकाे जानकारी गराएका थिए।

कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट शुभकामना मन्तव्य राख्दै नगर प्रमुख छत्रपती सुवेदीले स्थानीय सहकारी सँग हातेमालो गरेर नगरपालिका अगाडी बढ्न चाहेको बताए । कृषि क्षेत्रको उत्थानका लागि आवश्यक तालीम लगायतका कार्यक्रमहरु सम्बन्धित सहकारी सँग समन्वय गरेर साझेदारी कार्यक्रम संचालन गर्दै आएको कुरा अवगत गराए ।

कार्यक्रममा जुरोपानी बहुउद्देश्यीय सहकारीकि उपाध्यक्ष सुलोचना राजवंशी, उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष युवराज लुइँटेल, जिल्ला समन्वय समिति झापाका सदस्य कपिलमणी काफ्ले, वडा नम्बर ४ का वडाध्यक्ष दुर्गामणी बस्नेत, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्था अध्यक्ष मिना ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन संचालक समिति सदस्य लक्ष्मी देवी चिमरियाले गरेकी थिइन् ।

प्रकाशित मिति: २०२३-१०-११ , समय : १९:०६:४३ , १ वर्ष अगाडि