झापा एक्सप्रेस , २६४७७ पटक हेरिएको

शरणामती –झापाको झापा गाउँपालिकामा रहेको झापा गाउँपालिका उद्योग वाणिज्य संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । मंगलबार झापा -२ झापा बजारमा रहेको रेडक्रसको सभाहलमा साधारण सभा सम्पन्न भएको हो ।
झापा गाउँपालिका उद्योग वाणिज्य संघका तदर्थ समिति अध्यक्ष सन्तोस नेपालको अध्यक्षता र कोशी प्रदेशकी संसद लखी कुमारी गणेशको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा अध्यक्ष नेपालले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।नेपालले अहिले सम्म वाणिज्य संघले गरेका उपलब्धीहरु बताएका थिए । वाणिज्य संघमा अहिले सम्म १३८ जनाले सदस्यता लिई सकेको उनले बताए ।
त्यस्तै साधारण सभाबाटै तदर्थ समिति समेत बिगठन गरी नयाँ कार्य समिति समेत गठन गरिएको छ ।नयाँ कार्य समितिमा तदर्थ समितिलाई अनुमोदन गरिएको छ ।
नयाँ कार्य समिति सन्तोस नेपाल (ठमनाथ ) कै अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।जसमा बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गणेश,वाणिज्य उपाध्यक्षमा छत्र पाण्डे,उद्योग उपाध्यक्षमा बसुन्धरा थपलिया,महा सचिवमा भविन्द्र भण्डारी,उद्योग सचिवमा मनोज खत्री,वाणिज्य सचिवमा लालबहादुर कार्की,कोषाध्यक्षमा विकास अग्रवाल,सदस्यहरुमा क्रमश प्रदिप दास,ओमप्रकास गणेश,प्रेमसागर मण्डल,गुलावर मियाँ,शुशिलराज जोशी,मनोजकुमार राजबंशी,हुमादेवी कार्की,मनोजकुमार विस्ट , राम कृपाल गणेश र खगेन्द्र घिमिरे चयन भएका छन् ।
महा सचिव भविन्द्र भण्डारीले संचालन गरेको कार्यक्रममा वडाध्यक्ष सखिचन्द्र ठाकुर ,व्यवसायी खगेन्द्र घिमिरे,गौरीसंकर राजबंशी ,सागीरथप्रसाद गणेश लगायतले शुभ-कामना मन्त्यव्य राखेका थिए ।
को हुन् झापा गाउँपालिका उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष सन्तोष नेपाल ( ठमनाथ )
सन्तोष नेपाल झापा गाउँपालिका वडा नम्बर ३ कामाटोली निवासी एक समाजसेवी र व्यवसायी हुन् । उनी झापा गाउँपालिका खानेपानी महासंघका अध्यक्ष ,सानोमाई कन्काई आर्यघाट टाघनडुब्बाका संरक्षक तथा व्यवस्थापन समिति अध्यक्ष समेत हुन् ।विगतमा उनी भानुभक्त कृषी सहकारीका अध्यक्ष समेत भएका थिए ।उनी राजनीतिमा नेपाली कांग्रेसका झापा जिल्ला कार्य समिति सदस्य समेत हुन् ।
प्रकाशित मिति: २०२३-१०-११ , समय : १०:१०:०५ , १ वर्ष अगाडि