नेपाल महिला संघ झापा ४ को सभापतीमा पुष्पा प्रसाई

झापा एक्सप्रेस , ३१४५९  पटक हेरिएको

झापा- नेपाली काँग्रेसको भातृसंघठन नेपाल महिला संघ झापा क्षेत्र नं.–४ मा पुष्पा प्रसाई चयन हुनुभएको छ ।

नेपाली काँग्रेस कनकाई नगर पार्टी कार्यालयमा सोमबार सम्पन्न अधिवेशनवाट प्रसाईंको सभापतित्वमा २० सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपसभापतीमा दुर्गादेवी ओली र वेलवती राजवंशी चयन हुनुभएको छ । सचिवमा डा. गृसा रावल र कुमारी योङ्गहाङ्ग तथा सह–सचिवमा यामकुमारी प्रधान र पवित्रा पाण्डे, कोषाध्यक्षमा निर्मला बस्नेत ढकाल सर्वसम्मत रुपमा चयन हुनु भएकोछ ।

त्यस्तै सदस्यहरुमा सम्झना राई, गिता भेटवाल, देविमाया कार्की, उमा खतिवडा, मनमाया आङदेम्वे, ईश्वरा भुजेल, शोभा वजगाईँ, शर्मिला प्याकुरेल, गंगा मैनाली, रमिता गणेश, सिता खत्री र मैया चौहान रहेका छन् ।

नेपाली कांग्रेसका भापा क्षेत्र नं.–४ का क्षेत्रिय सभापती जयनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि भक्तीप्रसाद सिटौला, महिला संघ जिल्ला सचिव वर्षा श्रेष्ठ नवनिर्वाचित सभापती पुस्पा प्रसाईं लगायतले मन्तव्य राख्नु भएको थियो ।

महाधिवेशन प्रतिनिधि पर्शुराम ढुंगाना, धनमाया चिमरिया, जिल्ला सदस्य लिलाप्रसाद चिमरिया, शिवसताक्षी नगरसभापति अशोक बस्नेत, कनकाइ नगरसभापती दुर्गाप्रसाद प्रसाईं, झापा गाउपालिका सभापती सागिरथ गणेश, गौरिगञ्ज गाउँपालिका सभापति अग्नु राजवंशी, वडा अध्यक्ष कार्तिकलाल गणेश, महिला संघ कनकाई नगरसभापति रेनुका मैनाली, लगायतको आतिथ्यता रहेको थियो । पार्टीको चौधौं अधिवेशन सँगै विभिन्न भातृसंघडनहरु विस्तार गर्ने क्रममा महिलासंघको समिती पूर्णता दिदै आएको बताईएको छ । महिलाहरु जिम्मेवारी सहित अगाडी बढ्नाले संघठन विस्तारमा सरलता र दर्विलो हुने हुनाले पनि महिलाहरुले जुटनु पर्ने कुराका जोड दिएको जिल्ला सदस्य लीलाप्रसाद चिमरियाले बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०९-२६ , समय : ०८:१७:४९ , १ वर्ष अगाडि