सरकारी गाडीको ठक्करबाट सुरुङ्गामा दुईजना गम्भिर घाइते

झापा एक्सप्रेस , २१४४३  पटक हेरिएको

झापा-प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बनियानी झापाको गाडीको ठक्करबाट दुईजना गंभीर घाइते भएका छन् ।

झापाको कन्काई नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान १०.२५ बजे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको बा २ झ २५७१ नं को बोलेरो पिकअपले ठक्कर दिँदा पैदलयात्रीहरु कन्काई ३ बस्ने ६२ वर्षिया भूमिका तिम्सिना र भद्रपुर ५ बस्ने ४५ वर्षिय विनोद मण्डल घाइते भएका हुन् । दाहिने खुट्टा र दाहिने हातमा चोट लागेकी तिम्सिनाको अबस्था गंभीर रहेको छ भने बायाँ खुट्टामा चोट लागेका मण्डलको अबस्था सामान्य रहेको छ ।

उनीहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-२२ , समय : १६:०३:३२ , १ वर्ष अगाडि