धानबारीमा एक भारतिय मृत फेला

झापा एक्सप्रेस , ४६९७३  पटक हेरिएको

शरणामती-झापाको झापा गाउँपालिकामा एक भारतिय मृत फेला परेका छन् ।

झापा-५ स्थित खयरबारीको धान खेतमा किसनगञ्ज ताराबारी-७ बेदबारीका अन्दाजी ५५ वर्षीय गोपिज मर्डी मृत फेला परेको प्रहरीले जनाएको छ।

मृत गोपिज धानबारीमा मृत अवस्थामा लडिरहेको स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए।उनको मृत शरिर अन्दाजी तीन दिन देखि लडिरहेको अवस्थामा भएको हुन सक्ने अनुमान गरिएको छ।शव गनाउने अवस्थामा रहेको बुझिएको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२३-०९-१३ , समय : १३:२८:२२ , १० महिना अगाडि