बाह्रदशीबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

झापा एक्सप्रेस , ३१७७३  पटक हेरिएको

झापा, २७ भदौ । झापाको बाह्रदशीगाउँपालिका–४ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति साढे १० बजे लागुऔषध किनबेच हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरी टोलीले २६ वर्षीय सल्मान आलमलाई निजकै घरबाट ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका आलमको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०९-१३ , समय : ११:२५:१४ , ९ महिना अगाडि