झापा एक्सप्रेस , २९५३८ पटक हेरिएको

झापा-झापा कमल गाउँपालिका ३ निवासी अन्दाजी ३५ वर्षका बिरेन्द्र सहनीको आज बिहान करिब ११ बजेको समयमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
झापा कमल गाउँपालिका ३ केर्खाको भित्री सडकमा मे ०२ प ५९२३ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको मे ११ प ९२०३ को मोटसाईकल शनिवार बिहान पौने ११ बजेको समयमा एक आपसमा दुर्घटना भई गम्भीर घाइते भएका सहनीलाई दमक लाइफ लाइन अस्पतालमा उपचारका लागी लगिएकोमा अस्पतालमा पुग्नासाथ मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
सामान्य घाइते भएका अर्का सवारी चालक रामभगत बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको प्रहरी चौकी केर्खाका प्रमुख रामकाजी कटुवालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०९-०९ , समय : १७:३०:५५ , १ वर्ष अगाडि