झापा एक्सप्रेस , ९३३५२ पटक हेरिएको
रोशन काफ्ले
एसिया कप क्रिकेट अन्तर्गत आज नेपाललाइ अर्को सफलता अनि अर्को ईतिहास रच्ने दिन । छिमेकी देश भारतसग नेपाली खेलाडी अनि नेपाली समर्थकको बर्षौ देखि क्रिकेट खेल्ने अनि नेपाल र भारत खेलेको हेर्ने सपना बल्ल आज पूरा हुदैछ ।नेपालले करिब २७ बर्ष अगाडिदेखि अन्तरास्ट्रिय क्रिकेट खेलेपनी भारत र पाकिस्तानसँग भने खेल्न पाएको थिएन ।
आज पहिलो पटक नेपाल र भारतका सिनियर टोलि बिच प्रतिस्पर्धा हुदैछ । आफ्नो पहिलो खेलमा नेपाल भातरलाई हराएर ईतिहास रच्न चाहान्छ भने भारत पनि आफ्नो पहिलो खेलमा नेपाललाई सहज रुपमा पराजित गरेर एसिया कपको सेमिफाइनलमा स्थान पक्का गर्ने दाउमा रहनेछ ।
आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै,पानी परेर खेल रद्द भएर अंक बाड्नुपरेको खण्डमा भारतले सुपर फोरमा स्थान बनाउने छ ।
नेपालले सन् २०१७ मा भने भारतको १९ वर्षमुनिको टोलीसँग खेलेको थियो । समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् ।
श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो । खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे हुनेछ ।
टेष्ट र टी-२० फर्म्याटको नम्बर वान टिम भारतसँगको खेल नेपालको लागि बहुप्रतिक्षित बनेको छ । छिमेकी भएर पनि नेपालले भारतसँग खेल्न लामो प्रतिक्षा नै गर्नुपर्यो । पहिलो पटक एसिया कप खेलिरहेको नेपालले एकै संस्करणमा भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटकै लागि ठूलो अवसर समेत हो । सधैँ टिभीमा हेर्दै आएको रोहित शर्मा, विराट कोहली जस्ता लेजेण्डसँग अब नेपालले मैदानमै खेल्दैछ अनि आज नेपाली टोलि र नेपाली क्रिकेट दर्शकको त्यो सपना पनि पूरा हुदैछ ।
तर भारतलाई जित्न भने सहज हुने छैन नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान सग २३८रनले पराजित भयो भने भारत पनि आफ्नो पहिलो खेलमा पाकिस्तानसग बर्षाका कारण अंक बाडन मजबुर भयो । समूह A मा नेपाल पाकिस्तान र भारत छन । समूह A मा रहेको पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेको छ । आज नेपाल र भारतलाई नै कि गर कि मरको अवस्था छ जसरी भए पनि दुवै टिमलाई जितको खाचो छ ।
चासोका साथ हेरिएको आजको खेलमा धेरै कुराको संयोज भने रहने छ । नेपाली टिमको क्याप्टेन २२ बर्षिय रोहित पौडेलले गर्नेछन भने भारतीय टिमको कप्तानी पनि रोहितले नै गर्नेछन । टस गर्दै देखि खेलमा रोहित भर्सेस रोहित हुनेछन भने जस्ले टस जितेपनी रोहितलेनै जित्नेछन । यता खेलबाट दुई भारतीय प्रशिक्षक राहुल द्रविड र मोन्टी पनि एकका विरुद्ध आमने-सामने हुँदैछन् । कुनै समय आईपीएल टोली राजस्थान रोयल्समा यी दुईले सँगै काम गरेका थिए । तर सोमबार द्रविड भारतकै प्रशिक्षकमा हुँदा मोन्टी भने नेपाली टिममा हुनेछन् ।
यसअघि मोन्टी नेपालको ब्याटिङ कन्सलटेन्ट हुँदा नै नेपाली यू-१९ टिमले भारतको यू-१९ टिममाथि ऐतिहासिक जित निकालेको थियो । त्यतिबेला भारतको यू-१९ को प्रशिक्षक राहुल द्रविड नै थिए तर नेपालको बिनोद दास थिए ।
नेपाल भारतविरुद्ध पहिलो पटक खेल्न पाएको अवसर सदुपयोग गर्ने योजनामा छ । भारतविरुद्ध हार वा खेल रद्ध भएमा नेपाल समूह चरणबाट बाहिरिँदै घर फर्कने छ । यदि नेपालले अप्रत्यासित नतिजा निकालेमा भने भारत समूह चरणबाट बाहिरिनेछ ।
प्रकाशित मिति: २०२३-०९-०४ , समय : ०८:०८:२४ , १ वर्ष अगाडि