तिमी भन्दा म पहिले मर्छु कसम खान्छौ तिमी पनि, कालको मुखमा पुगे पछी, के तिम्रो कसम ले बचाउँछ र ?

झापा एक्सप्रेस , ३४६४९  पटक हेरिएको

गजल

मायाको बद्लामा सबैले माया नै कहाँ पाउँछ र ?
जस्को मलामी तिमी गयौ, के तिम्रो मलामी उ आउँछ र ?

तिर्खा तिमीलाई लाग्यो भने खोला तिमी धाउँनु पर्छ,
तिमीलाई तिर्खा लाग्यो भन्दै के खोला यहाँ धाउँछ र ?

खोला बगी रहन्छ बगी रहन्छ, बगेरै समुन्द्र पुग्छ पनि
बाटोमा बग्दै लगेको कुरा, के समुन्द्र पुगेर फर्काउँछ र ?

ढुङ्गाको भर माटो माटोको भर ढुङ्गा सबैले सुनेकै हो,
उजाड डाँडामा पहिरो जाँदा खै कस्ले कस्लाई समाउँछ र ?

तिमी भन्दा म पहिले मर्छु कसम खान्छौ तिमी पनि,
कालको मुखमा पुगे पछी, के तिम्रो कसम ले बचाउँछ र ?

रचनाकार-प्रतिक ढकाल

प्रकाशित मिति: २०२३-०८-२८ , समय : १४:०९:१९ , ११ महिना अगाडि